प्रमाेद शर्मा – Janasahara https://janasahara.com Online News Portal Thu, 24 Mar 2022 07:08:46 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.9 https://janasahara.com/wp-content/uploads/2024/01/cropped-IMG_20240109_095604-32x32.jpg प्रमाेद शर्मा – Janasahara https://janasahara.com 32 32 माओवादी केन्द्रका प्रवक्ता महराका स्वकीय सचिव शर्मा एमालेमा प्रवेश https://janasahara.com/archives/8596 https://janasahara.com/archives/8596#respond Thu, 24 Mar 2022 07:02:03 +0000 https://janasahara.com/?p=8596 चैत १० काठमाडौ – नेकपा माओवादी केन्द्रका प्रवक्ता तथा पुर्व सभामुख कृष्णबहादुर महराका स्वकीय प्रमोद शर्माले माओवादी परित्याग गरेकाे २ दिन मै एमालेमा प्रवेश गरेका छन।

एमालेको केन्द्रीय कमिटी बैठक चलिरहेको कार्की व्यंकेटमा पुगेर बिहीबार बिहान श्रीमती सीता चौधरी सहित पुगेका शर्माले एमालेमा प्रवेश गरेका हुन। शर्मा दम्पतीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका थिए।

शर्माले मंगलबार सामाजिक संजाल फेसबुक मार्फत सकेसम्म स्वतन्त्र रहने गरि माओवादी परित्याग गरेकाे घाेषणा गरेका थिए। शर्मा लेख्छन; “आजको मितिदेखि म नेकपा माओवादी केन्द्रको साधारण सदस्यसमेत नरहने गरी आफूले प्राप्त गरेको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गर्दछु।’ अबदेखि आगामी दिनमा एक स्वतन्त्र रुपमा देश र जनताको लागि सामाजिक भुमिका निर्वाह गर्नेगरी अगाडि बढने छु। जनताको निरन्तर सेवामा निस्वार्थ सके जति भुमिकामा आफुलाई उभ्याउने छु।” शर्मा माओवादी केन्द्र घोराही उपमहानगरपालिका कमिटी अध्यक्ष समेत हुन।

शर्माले सम्पत्ति गुमाएको छु तर स्वाभिमान गुमाउदैन भन्दै त्यसकाे केही समयपछि अर्को स्टाटसमा “आउनुस नयाँ ढंगले साेचौ, हामी कसैकाे डास हैन” भन्ने अभिव्यक्ति दिएकाे केही समयपछि शर्माले पार्टी परित्याग गरेकाे घाेषणा गरेका हुन।

तर अहिले उनकाे फेसबुक वालमा यी तीन वटै स्टाटस उपलब्ध छैनन।

]]>
https://janasahara.com/archives/8596/feed 0