निर्मला हत्या प्रकरण – Janasahara https://janasahara.com Online News Portal Sat, 31 Dec 2022 04:33:53 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.9 https://janasahara.com/wp-content/uploads/2024/01/cropped-IMG_20240109_095604-32x32.jpg निर्मला हत्या प्रकरण – Janasahara https://janasahara.com 32 32 निर्मला पन्त प्रकरण: डीआईजी दुर्गा सिंहको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन https://janasahara.com/archives/13816 https://janasahara.com/archives/13816#respond Sat, 31 Dec 2022 04:33:53 +0000 https://janasahara.com/?p=13816 पुस १६ काठमाडौ – कञ्चनपुरकी तत्काल १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानका गृहमन्त्री रवि लामिछानेको निर्देशनमा छानवीन समिति गठन गरेको छ।

शुक्रबार प्रहरी प्रधान कार्यालयकाे निरीक्षणमा पुगेका गृहमन्त्री लामिछानेले निर्मला पन्त प्रकरणकाे अनुसन्धान प्रगति विवरण माग गरेका थिए। त्यसपछि केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक कमल थापाले निर्मला पन्तको जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दा सम्बन्धी अनुसन्धानको प्रगति विवरण प्रस्तुत गरेका थिए।

त्यसलगत्तै गृहमन्त्री लामिछानेले अब तत्काल एउटा छानवीन समिति तयार गरि फेरि अनुसन्धान गर्न निर्देशन दिएपछि प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत प्रहरी नायब महानिरीक्षक (डीआईजी) दुर्गा सिंहको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हाे। डीआईजी सिंह यसअघि पनि प्रहरी उपरीक्षक हुँदा उक्त घटनाको अनुसन्धानमा खटिएकी थिइन् ।

उक्त समितिमा चिकित्सक पनि समावेश गरिएको छ। अन्य सदस्यमा सीआईबीकै प्रहरी उपरीक्षक कमल थापा, प्रहरी निरीक्षक धीरेन्द्र रोकाय लगाएत अन्य दुई चिकित्सक रहेका छन् ।

गृहमन्त्री लामिछानेले मन्त्रीको पदभार ग्रहण गरेकै दिन पनि निर्मला पन्तको न्यायका लागि आफ्नाे मुख्य प्राथमिकता रहने भन्दै गृह सचिव विनोदप्रकाश सिंहले कार्यालयका अन्य फाइल हस्ताक्षरका लागि ल्याएकाेमा गृहमन्त्री लामिछानेले अहिले तत्काल यी फाइल थन्काउन भन्दै निर्मला हत्या प्रकरणकाे विषयमा अपडेट गराउन निर्देशन दिएका थिए ।

विसं २०७५ साल साउनमा निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो ।

]]>
https://janasahara.com/archives/13816/feed 0
निर्मला हत्याको दुई वर्ष पूरा हुदा पनि अनुसन्धान भने जहाँकाे त्यहि https://janasahara.com/archives/123 https://janasahara.com/archives/123#respond Sat, 25 Jul 2020 16:25:38 +0000 https://janasahara.com/?p=123 श्रावण १० कन्चनपुर – ‘आज पनि प्रहरी कार्यालय गएँ’
निर्मलाकी आमा भन्छिन्– ‘प्रहरीले अहिले पनि अनुसन्धान भइरहेको छ मात्रै भन्छ, साँच्चै अनुसन्धान गरेको भए अहिलेसम्म अपराधी पत्ता लाग्नुपर्ने हो’ ।
झन्डै एक दर्जन अनुसन्धान टोली खटियो । आधा दर्जनभन्दा बढी अनुसन्धान अधिकृत फेरिए । यो अवधिमा कञ्चनपुर प्रहरी प्रमुख एसपी पनि चार जना फेरिए । एक वर्षसम्म निरन्तर विभिन्न किसिमका आन्दोलन र दबाबमूलक कार्यक्रम चलिरहे । तर, बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारा अझै पत्ता लाग्न सकेका छैनन् । घटनाको दुई वर्षसम्म पनि अनुसन्धान जहाँको त्यहीं छ ।

निर्मलाको न्यायका लागि भनेर सुरु भएको आन्दोलनमा प्रहरीले गोली चलाउँदा एक जनाले ज्यान गुमाए, एक दर्जनभन्दा बढी घाइते भए । कतिपयको अहिले पनि उपचार भइरहेको छ । ‘दुई वर्ष भइसक्यो, प्रहरीले अहिले पनि अनुसन्धान भइरहेको छ मात्रै भन्छ,’ शनिबार निर्मलाकी आमा दुर्गादेवीले भनिन्, ‘साँच्चै अनुसन्धान गरेको भए अहिलेसम्म अपराधी पत्ता लाग्नुपर्ने हो ।’ उनलाई प्रहरीले अहिले पनि सही ढंगले अनुसन्धान गरिरहेको अनुभूति भएको छैन । उनी घटनाबारे बुझ्न जिल्ला प्रहरी कार्यालय धाउने गर्छिन् । ‘आज पनि गएकी थिएँ,’ उनले भनिन्, ‘तर एसपी–डीएसपी कसैलाई पनि भेटिनँ, फोनमै कुरा भयो ।’ प्रहरीले घटनाका मुख्य दोषी भन्दै सार्वजनिक गरेका भीमदत्त नगरपालिका–१९ बागफाँटाका दिलीप विष्टका नाममा दुर्गादेवीले एक वर्षअघि किटानी जाहेरी दिएकी थिइन् । विष्टमाथि पनि थप अनुसन्धान हुनुपर्ने उनको माग छ ।
विगतमा आन्दोलन र विरोधका कारण अनुसन्धानमा केही समस्या भए पनि हाल स्थानीयले साथ दिँदा सहज भएको जिल्ला प्रहरी कार्यालयका एसपी मुकुन्द मरासिनीले बताए । ‘हालसम्म नयाँ डेभलप त केही भएको छैन,’ उनले भने, ‘अनुसन्धान विगतको भन्दा सहज बन्दै गएको छ, यही आधारमा विभिन्न आयामबाट अनुसन्धान गरिरहेका छौं ।’ जिल्ला प्रहरीको टोलीसँगै केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले समेत अनुसन्धान गरिरहेको छ । हाल जिल्ला प्रहरी कार्यालयका डीएसपी अमर थापा अनुसन्धान अधिकृतका रूपमा छन् ।

‘दुई वर्षसम्म हत्यारा पत्ता नलाग्नु प्रहरी–प्रशासनकै कमजोरी हो,’ अधिकारकर्मी पुनम चन्दले भनिन्, ‘प्रहरीले पनि सही ढंगले अनुसन्धान गर्न सकेको छैन, तथ्यगतभन्दा पनि भीडका पछि लागेर अनुसन्धान भएको जस्तो लाग्छ ।’ उनले घटनालगत्तै विभिन्न गुट–उपगुट बनाएर सुरु गरिएको आन्दोलनले समेत अनुसन्धान प्रभावित गरेको बताइन् ।

०७५ साउन १० गते होमवर्क गर्न साथीको घरमा गएकी निर्मला भोलिपल्ट भीमदत्त नगरपालिका–१८ निम्बुखेडास्थित उखुबारीमा मृत भेटिएकी थिइन् । उनको बलात्कारपछि हत्या भएको प्रहरी अनुसन्धानबाटै खुलेको छ । घटनाको २६औं दिन ०७५ भदौ ४ मा जिल्ला प्रहरी कार्यालयले दिलीप विष्टलाई मुख्य अभियुक्तका रूपमा सार्वजनिक गरेपछि आन्दोलनले उग्र रूप लिएको थियो । विष्टको डीएनए नमिलेपछि २५ दिनपछि हिरासतबाट मुक्त भए । प्रहरीले वास्तविक अपराधी लुकाउन विष्टलाई फसाउन खोजेको भन्दै महेन्द्रनगरमा लामो समयसम्म आन्दोलन चर्केको थियो । अनुसन्धानका क्रममा प्रमाण नष्ट गरेको भन्दै तत्कालीन एसपी डिल्ली विष्टसहित ८ जना प्रहरी निलम्बित भए । जसमा चार जना बर्खास्तमा परे । उनीहरूमाथि जिल्ला अदालत कञ्चनपुरमा यातना र प्रमाण नष्टको मुद्दा विचाराधीन छ । घटनाको छानबिनका लागि गृह मन्त्रालयका सहसचिवको नेतृतवमा उच्चस्तरीय छनबिन समिति गठन भयो । प्रहरीले पनि तत्कालीन डीआईजी ठाकुरप्रसाद ज्ञवालीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो ।

तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले महेन्द्रनगर पुगेर अपराधी पत्ता लगाइछाड्ने प्रतिबद्धता जनाएका थिए । उनले एक सार्वजनिक कार्यक्रममै अनुसन्धानमा लापरबाही गर्ने नालायक प्रहरीका कारण संगठन नै बदनाम भएको अभिव्यक्ति दिएका थिए ।

]]>
https://janasahara.com/archives/123/feed 0