जनकारबाही – Janasahara https://janasahara.com Online News Portal Mon, 21 Feb 2022 14:58:29 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.9 https://janasahara.com/wp-content/uploads/2024/01/cropped-IMG_20240109_095604-32x32.jpg जनकारबाही – Janasahara https://janasahara.com 32 32 नेकपाले प्युठानकाे मल्लरानी गाउँपालिका अध्यक्ष र प्रशासकीय अधिकृतलाई कालाे माेसाे दल्याे https://janasahara.com/archives/7284 https://janasahara.com/archives/7284#respond Mon, 21 Feb 2022 14:45:03 +0000 https://janasahara.com/?p=7284 फागुन ९ प्युठान – नेत्र विक्रम चन्द `विप्लव´ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी प्यूठान जिल्ला कमिटीले गाउँपालिका अध्यक्ष र प्रशासकीय अधिकृतलाई कालोमोसो दलेकाे छ।

साेमबार मल्लरानी गाउँपालिकाका अध्यक्ष अमरध्वज राणा र प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापालाई कालोमोसो दलेर जनकारबाही गरेकाे नेकपा प्युठानले जनाएको छ।

स्थानीयहरुकाे जनगुनासाे र श्रमिक समुदाय माेर्चा प्युठान समितिले उक्त गाउँपालिका भित्र भएका अनियमितता भएको भन्दै लिखित निवेदन नेकपा प्युठानलाई बुझाए पछि आफुहरु जनकारबाही गर्न बाध्य भएको जिल्ला सेक्रेटरी `अजय´ले बताए।

जनकारबाही किन ?

१) मल्लरानी ५ सरङकोट स्थित भुमी विकास आधारभुत विद्यालय कक्षा ६ मा अध्यनरत बिद्यार्थी सुस्मिता मल्ल रहस्यमय मृत अवस्थामा भेटिएकाले हत्यामा संलग्न रहेकालाई संरक्षण गरेकाे र सोही विद्यालयको शिक्षक शिक्षिकालाइ सामाजिक बहिस्कार गरेको अवस्थामा संरक्षण गरेको।

३) मल्लरानी ५ सरङकोटको विद्यालयलाई प्रदेशबाट गत वर्ष ३६ लाख बजेट परेकोमा कार्यालय प्रमुखले योजनाबद्ध फ्रीज बनाइ अहिले गाउपालिकाद्वारा ३० लाख बजेट विनियोजन गरि स्टमेट अनुसार काम नगरेको।

४) सरकारले छुट्याएको योजना व्यक्तीको नाममा तमसुक बनाएर मात्र विनियोजन गरेको,तमसुक नगरेमा फ्रीज बनाउने धम्की दिएको।

५) झाक्रीस्थान पर्यटकीय स्थलमा जाने बाटो र वडा नं. ५ मा जाने बाटो धेरै पटक जनताले गुनासो गर्दापनी मर्मत नगर्दा यातायात अवरुद्ध भएकाले।

६) विपन्न जनतालाइ बाड्ने नाममा सोलार किनेर बिजुली जडान भएका घरहरुलाइ वितरण गरेको।

७) कोभिड १९ को खर्च सार्वजनिक नगरी जनताले खर्छ बिबरण माग्दा समेत नदिएको।

८) झाक्रीस्थान खोलामा हाल्ने भनी २/२ पटक लिएको होम पाइप अन्यत्र लागि प्रयोग गरेकाले वर्सातको समयमा बाटो अवरुद्ध हुने समस्या भएकाले।

९) गत वर्ष घरको छाना मुक्त भनेर लिएको जस्तापाता कमिसनको खेलमा पक्की घर तथा नया घर बनाउन दिएको।

१०) कुनैपनी जनताले गरेको फोन नउठाउने, जनतासंग जे मुखमा आउँछ त्यही बोल्ने व्यापक जनगुनासो आइरहेकाले।

श्रमिक समुदाय समितले पेस गरेकाे निवेदन

]]>
https://janasahara.com/archives/7284/feed 0
भ्रष्टाचार गरेकाे भन्दै वडा अध्यक्षलाई विप्लव नेतृत्वकाे युवा संघले कालाे माेसाे दल्याे https://janasahara.com/archives/6916 https://janasahara.com/archives/6916#respond Thu, 10 Feb 2022 15:48:27 +0000 https://janasahara.com/?p=6916 माघ २७ कञ्चनपुर – नेत्र बिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट युवा संगठनले जनकारबाही भन्दै वडा अध्यक्षलाई कार्यकक्ष भित्रै कालाे माेसाे दलेकाे छ।

नेकपा निकट युवा संगठन नेपालले बिहीबार एक विज्ञप्ति सार्वजनिक दिउसाे बेलडाँडी गाउँपालिका–२ का वडा अध्यक्ष प्रेम खातीलाई कालाे मोसो दलेका हुन् ।

वडा अध्यक्ष खातीले वडा कार्यालय र गाउँपालिकामा धेरै अनियमितता गरेकाे, लघुवित्तहरुलाई जमिनसहित १५ लाख दिएको, मनोमानी रुपमा कर्मचारी भर्ना गरेको, विभिन्न याेजनामा अनियमितता गरेकाे, उपभोक्ता समितिद्धारा आफु अनुकुल काम गरेकाे, गाउँपालिका कार्यालयको पछाडी रहेको एकल महिलाहरुका लागि बनाएको भवनमा आर्थिक अनियमिता गरेको, ग्राईभल फालेर सडकमा समेत आर्थिक अनियमितता गरेको विज्ञप्तिमा उल्लेख गरेकाे छ।

विप्लव नेतृत्व नेकपा र यसका भातृ संगठनहरुले भ्रष्टाचार गरेकाे भन्दै कर्मचारी तथा जनप्रतिनिधिहरुलाई जनकारबाही भन्दै देशका विभिन्न ठाउँका कर्मचारी र जनप्रतिनिधि माथि कालाे माेसाे दल्ने र जुत्ताको माला लगाउने गर्दै आएका छन।

]]>
https://janasahara.com/archives/6916/feed 0