कर्णाली प्रदेश अस्पताल – Janasahara https://janasahara.com Online News Portal Tue, 05 Apr 2022 00:38:09 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.9 https://janasahara.com/wp-content/uploads/2024/01/cropped-IMG_20240109_095604-32x32.jpg कर्णाली प्रदेश अस्पताल – Janasahara https://janasahara.com 32 32 कर्णाली अस्पताल परिसरमा कुकुरले ल्याएकाे शिशुकाे शवकाे पहिचान खुल्याे https://janasahara.com/archives/9056 https://janasahara.com/archives/9056#respond Tue, 05 Apr 2022 00:38:09 +0000 https://janasahara.com/?p=9056 चैत २२ सुर्खेत –   कर्णाली प्रदेश अस्पताल सुर्खेत परिसरमा शनिबार कुकुरले टाउकाे बिना ल्याएकाे नवजात शिशुको शवको पहिचान खुलेको छ ।

अस्पतालमै मृत्यु भएका शिशुहरुकाे तथ्यांकका आधारमा सम्बन्धित परिवारलाई साेधपुछ गर्दै जादा गत १४ गते अस्पतालमै प्रसुतिपछि मृत्युु भएकाे दैलेख आठबिस नगरपालिका–९ का पवित्रा विक र गाेपाल विककाे बच्चा रहेकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

अस्पतालमा पछिल्लो समय शिशुकाे मृत्यु भएको गत १४ गते रहेकाे अस्पतालकाे तथ्यांकमा थियाे। त्यहि अनुसार अभिवावक पबित्रा र गाेपाललाई साेधपुछ गर्दा उनिहरुले अस्पताल नजिकैको झाडीमा गाडेकाे र उक्त बच्चाकाे शव आफ्नै भएको स्विकार गरेपछि पहिचान खुलेकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले बताए।

उक्त शवकाे सुरक्षित व्यवस्थापनककाे लागि उनै दम्पतीलाई जिम्मा लगाईएकाे समेत प्रहरी नायव उपरीक्षक घर्तीले बताए।

अस्पतालले आफ्नाे गलती नभएको भन्दै दाेषि माथि कारबाहीकाे लागि छानबिन गर्न शनिबार नै प्रहरीलाई पत्राचार गरेपछि प्रहरीले अनुसन्धान थालेकाे थियाे।

]]>
https://janasahara.com/archives/9056/feed 0
झाडीबाट कर्णाली प्रदेश अस्पतालमा कुकुरले शिशुकाे शव ल्यायाे तर अस्पताल गल्ती स्विकार्दैन https://janasahara.com/archives/8973 https://janasahara.com/archives/8973#respond Sat, 02 Apr 2022 15:57:54 +0000 https://janasahara.com/?p=8973 चैत १९ सुर्खेत – कर्णाली प्रदेश अस्पताल सुर्खेत अस्पताल परिसरमा कुकुरले नवजात शिशुको शव च्यापेर शनिबार बिहानै मुख्य गेट नजिकै आएकाे छ।

कुकुरले नवजात शिशुको शव च्यापेको साेहि अस्पतालमा आफन्त बिरामीकाे कुरुवा बसेकाहरुले सबभन्दा पहिला देखेका थिए। र फोटो समेत खिचेर हरी कडेलले सामाजिक संजाल फेसबुकमा सार्वजनिक गरेका हुन।

अस्पताल माथि नै प्रश्न खडा हुनेगरी यस्तो घटना घटेपछि अस्पतालले भने याे घटनामा अस्पताल स्राेतकाे गलत नभएको स्पष्टीकरण दिएकाे छ। याे घटनालाई अस्पताल स्राेतले गम्भीर रुपमा लिएकाे छानवीन हुनै पर्ने बताएको छ।

अस्पतालका प्रवक्ता डा.विकास केसीलेले एक विज्ञप्ति सार्वजनिक गर्दै शव च्यापेर हिँडिरहेको देख्नासाथ चिकित्सक तथा नर्सिङ अधिकृतलाई परिचालन गरी छानबिन सुरू गरेको बताएका छन।

डा. केसीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘सिसिटिभी फुटेज हेर्दा अस्पतालको उत्तरतर्फको झाडी भएको क्षेत्रबाट बिहान करिब ७:३७ मिनेटमा कुकुरले मृत शिशु च्यापी अस्पतालमा प्रवेश गरेको देखिन्छ।’

प्रवक्ता केसीका अनुसार अस्पतालमा केहिदिन यताकाे नवजात शिशुको रेकर्ड हेर्दा विगत एक सातादेखि दुई जनाको मात्र मृत्यु भएको र ती शव सम्बन्धित शुशुकै आफन्तकाे जिम्मा लगाएर संस्कारअनुसार सदगत गरिएकाे उनका परिवार स्रोतले अस्पताललाई जानकारी समेत गरिसकेकाले तत्काल यस्तो घटना घटनुमा आफुहरु पनि अच्चमित परेकाे गम्भीरताका साथ लिई दाेषी माथि कारबाहीको लागि प्रशासनलाई आग्रह गर्ने बताएका छन।

उता जिल्ला प्रहरी कार्यालयले पनि याे घटनाबारे कार्यालयमा आधिकारिक जानकारी आएकाे बताएको छ। अस्पतालले छानवीनकाे लागि अनुराेध गरेपछि अनुसन्धान सहितकाे टाेली खटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले बताए।

अहिले घटनाबारे प्रहरी टाेलीले स्थलगत अनुगमन गरेकाे र आवश्यक परे छानबिन टाेली समेत तयार गरिने प्रहरी नायव उपरीक्षक घर्तीले बताए।

]]>
https://janasahara.com/archives/8973/feed 0