बैशाख ३० स्याङ्जा – देशमा अहिले निर्वाचनको उत्साह रहेकाे बेला देश नै शाेक मग्न हुने गरि सडक दुर्घटना भएकाे  छ।यसअघि ६ जनाकाे ज्यान जाने गरि दुर्घटना भएको वालिङमा फेरि ठुलाे दुर्घटना भएको छ।

वालिङ नगरपालिका -१४ पञ्चम अर्खलबास स्थित भित्रि सडक अन्तर्गत सिख्रेबाट तिवारी पसल तिर झर्दै गरेकाे ग२च ३०२६ नम्बरको जीप बिहान करिब साढे १० बजेतिर दुर्घटनामा परेकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

याे समाचार तयार पार्दा सम्म १४ जनाकाे मृत्यु भएको छ भने १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले जनसहारा संग बताए।

मृत्यु हुनेमा सबै वालिङ नगरपालिका -१४ का स्थानीयहरु छन। मृत्यु हुनेमा एक बालक सहित सबै महिला छन। ६३ वर्षिय माया पुन, ९ वर्षिय प्रविन कुँवर, ५० वर्षिय कुलदिप कुँवर, ५० वर्षिय डेम कुमारी कुँवर, ८६ वर्षिय हरिकला कुँवर, ५० वर्षिय टेककला कुँवर, २५ वर्षिय जमुना कुँवर, ७० वर्षिय भिमकला कुँवर, ७० वर्षिय मुवा कुमारी कँवर, ४३ वर्षिय पाेट कुमारी कुँवर, ४३ वर्षिय जानुका कुँवर, ४२ वर्षिय ज्ञानदली कुँवर, ५० वर्षिय मिना कुँवर र फुलदेवि कुँवर रहेका छन।

त्यसैगरी घाइते हुनेमा साेहि ठाउँकै बेलमाया कुँवर, जीप चालक भुलबहादुर कुँवर, गौतमी थापा, ज्ञान माया कुँवर, सरस्वती कुँवर, कविता कुँवर, अनिष कुँवर,कुशल कुँवर, ज्यामकली कुँवर, कौशल कुँवर, सीता कुँवर र नेत्र बहादुर कुँवर रहेका छन।

घाइते मध्य नेत्रबहादुरकाे अवस्था मात्रै सामान्य छ उनकाे उपचार प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा भइरहेको छ भने अरु ११ जनाकाे अवस्था गम्भीर रहेकाले उनिहरुकाे उपचारको लागि गण्डकी मेडिकल कलेज पाेखरामा रिफर गरिएको प्रहरी निरीक्षक खनालले बताए।

दुर्घटनाको खबर पाए लगत्तै वडा प्रहरी कार्यालय वालिङबाट प्रहरी नायव उपरीक्षक ढकेन्द्र खतिवडाको कमान्डमा १५ जनाकाे प्रहरी टाेली घटनास्थल पुगि उद्दार गरि घटनाकाे अनुसन्धान गरिरहेकाे र जीप सडकबाट करिब ५०० मिटर तल खसेकाे प्रहरी निरीक्षक खनालले बताए।

गत ५ गते वालिङ नगरपालिका -१२ डाँडाखर्कमा दुर्घटना हुदा ६ जनाकाे मृत्यु भएको थियाे।

प्रकाशित मिति : २०७९ बैशाख ३० गते शुक्रवार