बैशाख २६ राेल्पा – नेकपा माओवादी केन्द्रका कार्यकर्ताको खुकुरी प्रहारबाट नेपाली कांग्रेसका दुई जना कार्यकर्ता घाइते भएका छन्।

गंगादेव गाउँपालिका–५ का माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार मानबहादुर डाँगीको निर्देशनमा स्थानीय गुण्डाको समुहले आफ्ना कार्यकर्ता माथि खुकुरी प्रहरी गरेकाे नेपाली कांग्रेस गंगादेवले जनाएको छ।

वडाध्यक्षका उम्मेदवार डाँगीबाट परिचालित राजेन्द्र परियार, नवराज महर र प्रकाश केसीकाे समूहले खुकुरी प्रहार गर्दा कांग्रेस निकट तरूण दलका वडाध्यक्ष मनबहादुर बुढा र कमल बुढा घाइते भएका छन्।

घाइते मध्ये मनबहादुरकाे अवस्था गम्भीर भएपछि थप उपचारको लागि दाङ लगिएको र कमलकाे स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको नेपाली कांग्रेसले जनाएको छ।

यद्यपि घटनाबारे थप विवरण आउन बाकी रहेकाे छ। उता जिल्ला प्रहरी कार्यालय राेल्पाका अनुसार घटनास्थल तर्फ ईलाका प्रहरी कार्यालय सुख्खाओडार र प्रहरी चौकि पाखापानीबाट प्रहरी टाेलि परिचालन भइसकेको जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रवक्ता प्रहरी निरीक्षक थमन जिसीले बताए।

पछिल्लो केही दिन यता निर्वाचन लक्षित कार्यक्रमकाे लागि पूर्वमन्त्री वर्षमान पुन र पूर्वसभामुख ओनसरी घर्ती गंगादेव गाउँपालिकामा नै रहेको बेलामा आफ्ना कार्यकर्ता माथि खुकुरी प्रहार नियाेजित रुपमा भएको कांग्रेसका स्थानीय नेताहरुले बताएका छन।

प्रकाशित मिति : २०७९ बैशाख २६ गते सोमवार