बैशाख २४ सल्यान – स्थानीय तह निर्वाचनकाे चुनावी प्रचारप्रसारमा हिडेका एक किशोरकाे जिपको छतबाट खसेर मृत्यु भएको छ।
नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्षको उम्मेदवार रहेका भुपेन्द्र घर्ति मगरले प्रचारप्रसार प्रयाेजनका लागि लिएको लु १ ज ४५९९ नम्बरको जिपको छतबाट प्रचारमा हिडेका कालिमाटी गाउँपालिका– २ दानीगौराका १८ वर्षीय खुमराज थापा मगरको शनिबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
गम्भिर घाइते भएका मगरलाई उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा लिएकोमा उपचारका क्रममा दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताए।
उक्त जीप र चालक दाङको बबई गाउँपालिका –२ का २८ वर्षीय खुमबहादुर छन्तेल नियन्त्रणमा लिएकाे र मृतक मगरसंग सवार अन्य व्यक्तिलाई पनि साेधपुछ गरि अनुसन्धान भइरहेकाे प्रहरी नायव उपरीक्षक खड्काले बताए।