बैशाख २४ स्याङ्जा – धारिलो हतियार सहित प्रहरीले दुई जनालाई पक्राउ गरेकाे छ।
चापाकाेट नगरपालिका -९ छितेखाेलामा चेकजाँचकाे क्रममा ग १६ प ५९८६ नम्बरको स्कुटिकाे डिक्किमा फलामकाे धारिलो चक्कु लुकाएर हिहिरहेकाे अवस्थामा साेहि ठाउँ बस्ने २० वर्षिय राजिव बिकलाई शुक्रबार बिहान ईलाका प्रहरी कार्यालय चापाकाेटबाट खटिएको प्रहरीले पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।
त्यसैगरी शनिबार बिहान करिब ६ बजे तिर ईलाका प्रहरी कार्यालय चापाकाेटबाट खटिएको प्रहरीले नै चापाकाेट नगरपालिका -९ बिपिचाेकबाट ना ४ प ९१०७ नम्बरको माेटरसाइकलमा सवार पाल्पा रामपुर नगरपालिका -५ बस्ने २३ वर्षिय बाबुराम श्रेष्ठलाइ खकुरी सहित पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले बताए।
स्थानीय तह निर्वाचनलाई मध्ये नजर गरि सवारी साधन तथा यात्रुहरूलाई चेकजाँच कडाइका साथ गरिरहेकाे प्रहरी नायव उपरीक्षक खनालले बताए।