बैशाख १७ अर्घाखाँची – खाेलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ।

प्युठानकाे मल्लरानी गाउँपालिका -१ बस्ने बुद्ध बहादुर घर्तीकि ८ वर्षिय छाेरी शिवानी घर्तीकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

ती बालिका भुमिकास्थान नगरपालिका -१ आमडाँडा स्थित दिदिकाे घर जानेक्रममा आफ्नै दिदी दुर्गा घर्ती संग बेसारे खाेला तर्ने क्रममा शुक्रबार करिब बेलुका ८ बजेतिर बेपत्ता भएपछि प्रहरी चौकी ढाकाबाङबाट प्रहरी नायब निरीक्षक ठाकुर प्रसाद चौधरीकाे कमान्डमा २ जना प्रहरी टाेली र स्थानीयले खाेजतलास गर्दा शनिबार बिहान करिब ७ बजेतिर बाटाे देखि करिब ५ मिटर तल खेतकाे साइडमा हिलाम्मे लेदाेले पुरिएको अवस्थामा फेला पारेकाे जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रवक्ता प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए।

थप अनुसन्धानकाे लागि जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट प्रहरी निरीक्षक चुडामणि सहित SOCO सहितकाे ५ जनाकाे टाेली स्थलगत अनुसन्धान गरेर मुचुल्का तयार पारी पाेष्टमार्टमकाे लागि जिल्ला अस्पताल प्युठान पठाइएको प्रहरी निरीक्षक पौडेलले बताए।

प्रकाशित मिति : २०७९ बैशाख १७ गते शनिवार