बैशाख १६ हुम्ला – स्थानीय तह निर्वाचनकाे लागि छनाेटमा परेका एकजना म्यादी प्रहरी मृत फेला परेका छन।
जिल्ला सदरमुकाम सिमकोट स्थित माथिल्लो बजारमा रहेकाे एक घरमा सर्केगाड गाउँपालिका वडा ६ घर भएका अन्दाजी ४५ वर्षिय जस बहादुर रोकाया मृत फेला परेकाे जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएकाे छ।
साथीको कोठामा बसेका म्यादी प्रहरी रोकाया झ्याल ढाेका बन्द भएकाे र उनी काेठाभित्र भुँइमा लडेकाे अवस्थामा फेला परेकाे जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले बताए।