बैशाख १५ दाङ – गायक प्रमोद खरेल दुर्घटना परेका छन।

कार्यक्रमकाे लागि बुधबार बेलुका काठमाडौमा रेकर्डिङ सक्न बितिक्कै उडान मार्फत नेपालगन्ज पुगेका गायक खरेललाई त्यसपछि कार्यक्रम आयाेजक टिमले त्यहाँबाट कारमा लिएर जानेक्रमम गएराति एक बजेतिर नेपालगञ्जबाट दाङको तुलसीपुर जाने क्रममा आफू दुर्घटनामा परेकाे खरेलले सामाजिक संजाल मार्फत बताएका छन।

खरेलसंगै सवार अन्य दुई जना गम्भीर घाइते भएकाे आफू दाङ र काठमाडौकाे उपचार पछि सामान्य अवस्थामा रहेकाे बताएका छन। दुर्घटना पछि बेहास भएको करिब ४५ मिनेटपछि अस्पतालमा उपचार पछि हाेस खुलेकाे पनि गायक खरेलले बताएका छन।

उनी भन्छन्;एउटा अर्को युद्ध जीन्दगी सँग

काठमाण्डू मा रेकर्डींग सकेर हिजो सॉझ नेपालंगज Flight लिएर तुलसीपुर दाङ को हुने कार्यक्रम को लागि राती १ बजे होटल पुग्न १० मिनट मात्र अघि आयोजक ले चलाएको कार गम्भीर दुर्घटना मा पर्यो । कार रोडको पर्खालमा बज्रिएछ। अर्ध निन्द्रा मै मेरो होश त्यहि गुमेछ । दुर्घटना पश्चात कसैले आफ्नो गाडीमा नजिकको अस्पताल पुर्याएर bed मा बसॉउदा मात्र झण्डै ४५ मिनट पछि मेरो होश आएछ। त्यस पछि पनि करिब ५/७ मिनट कहॉ बाट आए कहॉ छु पत्तै पाइन। गाड़ी को Air bag र seat belt ले ज्यान जोगाएछ । सँगैका दुइ आयोजक भाइहरु रकताम्य देख्दा छन् मन झनै डरायो । राती ४ बजे होटल अस्पताल डिस्चार्ज भएर काठमांडू आइपुगे। काठमाण्डू मा करिब ६ घण्टा अस्पताल मा Ct scan लगायत सबै जॉच पछि bed rest मा छु। बाहिरी चोट भएपनि internal problem सबै नेगेटिभ आएको छ। बिस्तारै सामान्य हुने क्रममा छु । अब कम्ति मा ३/४ दिन सबै रेकर्डीग र अन्य कार्यक्रम स्थगित गरेको छु । आशा छ छिट्टै काममा फर्कने छु । एक हिसाब मा फेरि एक पटक भगवान ले हात थामिदिनु भएको छ । उपचार सम्लग्न Dr Ranjan , Dr srijana , sister Manju , अन्य नर्सहरु ( Manmohan cardio Teaching hospital) , दाङ hospital, कर्ण ओली , बिमल ढकाल भाइ लगायत सम्पुर्ण प्रति कृतज्ञ छु , नोगेन 🙏

प्रकाशित मिति : २०७९ बैशाख १५ गते बिहिवार