बैशाख १३ स्याङ्जा – प्रतिबन्धित लागूऔषध सहित स्याङ्जा प्रहरीले १२ दिनमा ६ जनालाई पक्राउ गरेकाे छ।

लागूऔषध काराेबारमा संलग्न र प्रयाेगकर्ताहरुलाई बैशाख १ गते देखि १२ गतेसम्म विभिन्न मितिमा ६ जनालाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

पक्राउ पर्नेमा बैशाख ४ गते स्याङ्जाको फेदीखाेला गाउँपालिका -१ बस्ने ३५ वर्षिय सन्तोष कामीलाई गल्याङ नगरपालिका -१ राम्दीबाट Dizepam-12 एप्पुल, Noophin-12 एप्पुल र Pheneragan-13 एप्पुल निडल सहित पक्राउ गरेकाे हाे।

त्यसैगरी बैशाख ७ गते कास्की पाेखरा महानगरपालिका -१७ बस्ने ३१ वर्षिय अनिल गिरीलाई स्याङ्जाको वालिङ नगरपालिका -८ कटहरकाेटबाट Dizepam-12 एप्पुल, Noophin-12 एप्पुल र Pheneragan-11 एप्पुल र ६८० रुपैयाँ नगद सहित पक्राउ गरेकाे हाे।

बैशाख १० गते कास्की पाेखरा महानगरपालिका -१६ बस्ने १९ वर्षिय रविन बिक र कास्की माछापुच्छ्रे गाउँपालिका -८ बस्ने २२ वर्षिय सन्दिप गुरुङलाई गल्याङ नगरपालिका -१ राम्दीबाट गुरुङको साथबाट Dizepam-21 एप्पुल, Noophin-21 एप्पुल र Pheneragan-25 एप्पुल र Dizepam-25 एप्पुल, Noophin-25 र एप्पुल र Pheneragan-21 एप्पुल संगै १ थान सिरिन्ज सहित पक्राउ गरेकाे हाे।

बैशाख १२ गते कास्की पाेखरा महानगरपालिका -१० बस्ने २० वर्षिय अभिषेक सुनार र साेहि महानगरपालिका -१३ बस्ने १९ वर्षिय बिमल थापालाई गल्याङ नगरपालिका -१ राम्दीबाट Dizepam-13 एप्पुल, Noophin-13 एप्पुल र Pheneragan-14 एप्पुल र Dizepam-8 एप्पुल, Noophin-8 र एप्पुल र Pheneragan-8 एप्पुल संगै १ थान सिरिन्ज सहित पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले बताए।

पक्राउ परेका सबैलाईलाई वडा प्रहरी कार्यालय वालिङले पक्राउ गरेको र थप कारबाहीको लागि जिल्ला अदालतबाट म्याद थप गरि साेहि कार्यालयकाे हिरासतमा राखेर अनुसन्धान भइरहेको समेत प्रहरी नायव उपरीक्षक खनालले बताए

प्रकाशित मिति : २०७९ बैशाख १३ गते मङ्गलवार