बैशाख ११, सल्यान – सल्यानमा बिवाह भोज खाना गएका एक जना शिक्षकको लडेर मृत्यु भएको छ ।

जिल्लाको दार्मा गाउँपालिका वडा नं. ४ निवासी ५४ वर्षीय सप्त प्रकाश मल्लको मृत्यु भएको हो ।

शनिबार राति करिब १० बजेतिर  गाउँकै  भल्चौर भन्ने गाउँबाट बिवाह भोज खायर घर फर्कने क्रममा दार्मा गाउँपालिका वडा नं ४ भल्चौरमा लडेर मल्लको मृत्यु भएको अवस्थामा शव फेला परेको परिवारले जनाएको छ ।

मृतक मल्ल नव सर्वसाधारण मा.वि. दार्मा-४ रातामाटामा प्रा.वि. द्वितीय श्रेणीमा कार्यरत शिक्षक हुन ।

शवलाई अहिले पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान लैजाने तयारी भैरहेको प्रहरिले जनाएको छ ।

प्रकाशित मिति : २०७९ बैशाख ११ गते आइतवार