असाेज २२ राेल्पा – जिल्लाकाे विभिन्न स्थानहरुमा एकै दिन ३ जना व्यक्तिले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेे सबै महिला रहेका छन।

जसमध्ये सुनछहरी गाउँपालिका वडा नंं ६ भिउरी बाङ बस्ने सन्तोष पुन मगरको श्रीमती २१ वर्षिय ममता घर्ति पुनले सोहि ठाउँको खालु स्थित माईति घरमा नाम नखुलेको विषादी सेवन गरेको भनि उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र.सुलिचौर तर्फ ल्याउने क्रममा बाटाे मै मृत्यु भएको हाे । मृतकको श्रीमान साथमा रहेको र विषादी सेवन गर्नुको कारण बारे आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रहरी निरीक्षक शंकर खड्का जानकारी दिनु भयो ।

रोल्पा नगरपालिका वडा नं. १० धबाङ्ग लिजा निवासी सुकविर पुनको २२ वर्षिया छोरी आशा पुनले बुधबार आफ्नै घरको बराण्डामा सलको पासो लगाइ झुण्डि मृत अवस्थामा भेटिएको जनाइएको छ । यस वारेमा आवश्य अनुसान्धान भइरहको जिल्ला प्रहरी कार्यलय रोल्पाका प्रबत्ता प्रहरी निरीक्षक खड्काले बताउनु भयो ।

यसै गरि रोल्पाको लुंग्री गाउपालिका वडा नं.४ ठुलोनाम्जा निवासी ऋषिराम खड्काको १७ वर्षिय छाेरी पार्वति खड्काले आफ्नो घरमा आफु सुत्ने कोठामा नै सलको पासो लगाई झुण्डिएर आत्महत्या गरेको जनाइएको छ । झुण्डिएको अवस्थामा आमाले भेटेपछि पासो फुकाई हेर्दा उनको मृत्यु भई सकेकाले आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०७७ असोज २२ गते बिहिवार