बैशाख १० सल्यान – नेकपा माओवादी केन्द्रले छत्रेश्वरी गाउँपालिकाकाे अध्यक्षका लागि ४ र उपाध्यक्षमा ३ जनाकाे नाम सिफारिस गरेकाे छ।

जसअनुसार अध्यक्षमा चित्र बहादुर केसी, हिमाल यात्री, प्रेमलाल घर्ती र गीताञ्जली भण्डारी रहेका छन् भने उपाध्यक्षमा बहालवाला वडा नम्बर -२ का वडाध्यक्ष प्रेम खड्का, राधाकुमारी शर्मा र प्रतिभा वलीकाे नाम सिफारिस गरिएको नेकपा माओवादी केन्द्र सल्यानले जनाएकाे छ।

अध्यक्षमा नाम सिफारिस गरिएका केसी २०७४ काे स्थानीय तहमा पराजित भएका थिए।

प्रकाशित मिति : २०७९ बैशाख १० गते शनिवार