बैशाख ९ राेल्पा – नेकपा एमाले जिल्ला कमिटी राेल्पाका सदस्य शिवलाल रोका ले पार्टी परित्याग गरेका छन ।

रोका छैठौं जिल्ला अधिवेशनबाट जिल्ला सदस्यमा चयन भएका थिए। लामो समयसम्म नेकपा एमालेमा राजनिती गर्दै आएकाे भएपनि पार्टीले आफुप्रति बेवास्ता गरि सहि मुल्याङकन गर्न नसक्दा आफुले पार्टी परित्याग गरेको घाेषणा गरेका हुन।

उनी २०७४ सालकाे स्थानीय तह निर्वाचनकाे मुखैमा काङ्ग्रेसबाट एमालेमा प्रवेश गरेर रुन्टीगढी गाउँपालिका -४ काे वडाअध्यक्षमा लडेर पराजित भएका थिए। याे निर्वाचनमा पनि पुन:एमालेबाट नै वडा अध्यक्षमा आफू उम्मेदवार बन्ने दाबी गरेका राेकाले आफूलाई पार्टीले पुन: नदाेहाेर्याउने देखेपछि पार्टी नै परित्याग गरेका हुन। उनले माओवादी केन्द्रमा प्रवेश गरेका छन।

प्रकाशित मिति : २०७९ बैशाख ९ गते शुक्रवार