असाेज २२ राेल्पा – त्रिवेणी गाउँपालिका राेल्पाले आज पालिकामा रहेका विद्यालय स्तरीय बाल कल्वहरुकाे अनुगमन गरकाे छ। बाल क्लब बालबालिकाहरुकाे सङगठन भएकोले पनि गाउँपालिकामा रहेकाे बाल क्लबकाे अनुगमन महिला बालबालिका तथा समाज कल्याण इकाई शाखाले  प्रशासकीय अधिकृत हेमराज उपाध्यायकाे नेतृत्वमा आज अनुगमन गरेकाे छ ।

जनकल्याण बाल क्लब ,शिव बाल क्लब र सिर्जनशील बाल क्लबहरुकाे अनुगमन प्रशासकीय अधिकृत हेमराज उपाध्याय ,कानुनी शाखा प्रमुख प्रेम प्रकाश पुन मगर ,शिक्षा शाखा प्रा.श.लिला घर्ती मगर,सहायक महिला निरीक्षक हिरा बुढा प्रेस संयाेजक प्रतिज्ञा मगरकाे सहभागीतामा अनुगमन गरिएको हाेे।

हुरेक राेल्पा र सेभ द चिल्ड्रेनले पालिका संग समन्वयमा आर्थिक तथा शैक्षिक रुपमा बाल कल्वहरु संग कार्य गर्दै आएकाे थियोे। तर हुरेक राेल्पा यस गाउँपालिकामा नरहे पछि उक्त कार्यलाई निरन्तरता दिनकाे लागि र बाल कल्वहरुकाे अवस्था बुझनलाई अनुगमन गरिएको सहायक महिला निरीक्षक हिरा बुढाले बताउनु भयाे।

अनुगमन कार्यक्रममा बाल कल्वका भाइ बहिनीहरु संग प्रत्यक्ष भेटेर गाउँपालिकामा रहेकाे बालबालिका अक्षयकोषकाे बारेमा पनि जानकारी गराईएकाे थियाे। यस गाउँपालिकामा रहेका बाल कल्वहरुले कसरी कार्य बिस्तार गर्दै छन् तथा बाल क्लबहरुलाई नमुनाकाे रुपमा विकास गर्नलाई अनुगमन गरिएको हाे।

प्रकाशित मिति : २०७७ असोज २२ गते बिहिवार