बैशाख ५ रुकुम (पश्चिम) – नेकपा माओवादी केन्द्र रुकम (पश्चिम) ले जिल्लाका सबै पालिका प्रमुख र उपप्रमुखकाे उम्मेदवारीहरुकाे नाम छनाेट गरि सिफारिस गरेकाे छ।
साेमबार बसेकाे स्थानीय तहको निर्वाचन प्रयोजनार्थ गठित उम्मेदवार छनोट तथा सिफारिस समितिको बैठकले जिल्लाका तीन नगरपालिकाका प्रमुख/उपप्रमुख र तीन गाउँपालिका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारहरु टुङ्गो लगाई प्रदेस समितिमा सिफारिस गरेकाे नेकपा (माओवादी केन्द्र) रुकुम पश्चिमका प्रचार विभाग प्रमुख ध्रुब बिक्रम बुढाथोकीले बताए।
साथै बैठकले जिल्ला समन्वय समिति प्रमुख पदको लागि महिला उम्मेद्वार बनाउने र गठबन्धनको निर्णय कार्यान्वयन गर्नको लागि आवश्यक परेमा अहिले सिफारिसमा परेका जोकोही उम्मेदवारले उम्मेदवारी फिर्ता लिन सक्नेगरि निर्णय गरिएको पनि प्रचार विभाग प्रमुख बुढाथोकीले बताए।
नगरपालिका तर्फ
१.चौरजहारी नगरपालिकाः प्रमुख–पुष्प वादी, उपप्रमुख–इश्वरी कुमारी शर्मा विएम
२.आठविसकोट नगरपालिकाः प्रमुख–रवि केसी, उपप्रमुख–धन कुमारी शाही
३.मुसिकोट नगरपालिकाः प्रमुख–वसन्त शर्मा, उपप्रमुख–मिलन खड्का
गाँउपालिका तर्फ
१.सानीभेरी गाउँपालिकाः अध्यक्ष–बिर्ख बहादुर विष्ट, उपाध्यक्ष–कमला रोका पुन
२.त्रिवेणी गाउँपालिकाः अध्यक्ष–गणेश कुमार केसी, उपाध्यक्ष–राजकुमारी रेउले
३.बाँफिकोट गाउँपालिकाः अध्यक्ष–चन्द्रबहादुर केसी, उपाध्यक्ष–तारा बुढा केसी