बैशाख ३ रोल्पा – रोल्पा नगरपालिका ०३ खुमेल रोल्पामा अवस्थित श्री राष्ट्रिय माद्यामिक विद्यालयमा नि:शुल्क स्वास्थ्य तथा दन्त शिविर सम्पन्न भएको छ।
प्रभु बैकं रोल्पा शाखाको आर्थिक सहयोग र रोल्पा हस्पिटल प्रालि लिबाङ साथै रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङको संयुक्त आयोजनामा शिविर सम्पन्न भएको हो । शिविरमा २०९ जनाको चेकजाच गरिएको छ । ती मध्ये दन्त तर्फ ९० जना र स्वास्थ्य चेकजाच तर्फ ११९ जनाले सेवा लिएकाे प्रभु बैकं रोल्पाका शाखा प्रबन्धक सविन केसीले जानकारी दिए । बैकंले गर्ने सामाजिक उत्तरदायित्व बहन अन्तर्गत यो कार्य गरेको र आगामि दिनमा पनि जनजिवनसंग प्रत्येक्ष सरोकार राख्ने क्षेत्रमा बैकंले कार्यक्रम गर्ने केसीको जोड छ ।
एकदिन चलेको शिविरको बिशेषज्ञहरुमा दन्त तर्फ विशेषज्ञ डा. आमिर हुसेन र स्वास्थ्य चेकजाच तर्फ बिशेषज्ञ डा.बालकृष्ण ज्ञवाली चेकजाँच गरेका थिए । स्वास्थ्य तर्फ इसिजि, ब्लड सुगर चेकजाच, रक्त समूह पहिचानफर निशुल्क अौषधि वितरण गरिएको रोल्पा हस्पिटलका संचालक शिव प्रसाद आचार्यले बताए । यस्ता खालका कार्यक्रमले स्वास्थ्य संस्थासम्म पुग्न नसक्नेहरुलाइ निकै फाइदा पुग्ने आचार्यको भनाइ छ । यता दन्त तर्फ सबैको चेकजाच र दात निकाल्ने साथै परामर्श पनि दिइएको छ । शिविर संचालन गरेकोमा स्थानियहरुले प्रायोजक र आयोजक दुवैमा खुशी व्यक्त गरेका छन ।