बैशाख १ सल्यान – गएराति चट्याङ लागेर एकै परिवारका तिनजना घाइते भएका छन।
कपुरकोट गाउँपालिकामा -३ धनबाङ स्थित थापा टोलका ६६ वर्षिय आसाराम थापाकाे एकतले कच्ची घरमा गएराति करिब ३ बजेतिर चट्याङ परेकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
चट्याङबाट आसाराम सहित उनकाे ६२ वर्षिय श्रीमती गंगी थापा र उनकाे १२ वर्षिय नाति दिनेश थापा घाइते भएकाे जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए।
घाइते आसाराम बायाँ कुम जलेकाे र अवस्था सामान्य, गंगीकाे दायाँ कुम जलेकाे अवस्था मध्यम र दिनेशकाे छातीकाे भाग जलेकाे अवस्था मध्यम रहेकाे र घटनापछि प्रहरी चौकी कपुरकाेटबाट प्रहरी नायव निरीक्षक नन्दलाल भारतीकाे कमान्डमा खटिएको तिन जनाकाे प्रहरी टाेलिले उद्दार गरि उपचारको लागि स्वास्थ्य चौकी कपुरकाेट पठाइएको छ। चट्याङबाट एउटा गोरु र १४ वटा कुखुरा र १ वटा कुकुरको मृत्यु भएको तर अन्य मानवीय क्षति भने नभएको प्रहरी निरीक्षक पौडेलले बताए।