चैत ३० सल्यान – बागचौर नगरपालिकाका नगरप्रप्रमुख लोकमान बुढाथोकीले आफु चढ्दै आएको बा २ झ ४५३५ नम्बरको स्कारपियो गाडी नगरपालिकालाई फिर्ता गरेका छन ।
नगर प्रमुख बुढाथोकीले स्थानीय तहकाे निर्वाचन सम्बन्धि आचारसंहिता समेत लागू भइसकेको अवस्थामा आफुले प्रयोग गरेको उक्त गाडी बागचौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर हमाललाई बुधबार बिहान हस्तान्तरण गरेका हुन।
सल्यानमा जिल्लामा अहिलेसम्म कुनैपनि जनप्रतिनिधिले सवारी साधन फिर्ता गरेका छैनन। नगर प्रमुख बुढाथोकीले निर्वाचित हुनु अगावै आफुले प्राप्त गर्ने सेवा सुविधा वापतकाे रकम पनि सामाजिक काममा नै लगाउने घाेषणा गरेका थिए। साेहि अनुसार यसअघि नगर प्रमुख बुढाथोकीले विभिन्न कामका लागि सेवा सुविधा वापतकाे रकम नगर भित्र नै विभिन्न क्षेत्रमा हस्तान्तरण गर्दै आएका छन। सबै रकम सहित विवरण एकैपटक सार्वजनिक गर्ने नग, प्रमुख बुढाथोकीले बताएका छन।