चैत ३० काठमाडौं – शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमति पत्रको विज्ञापन खुला गरेको छ।

आयोगले बुधबार बिहान एक सूचना जारी गर्दै नियमावली २०५७ को नियम ९ को उपनियम (१) को खण्ड (ग) वा नियम ९ को उपनियम (७) बमोजिम योग्यता र तालिम वा योग्यता पुगेका उम्मेदवारले आजदेखि वैशाख २९ गतेसम्म अनलाइन प्रणालीबाट दरखास्त दिन सकिने आयोगले जनाएको छ।

यस्तै आयोगले दोब्बर दस्तुर तिरी जेठ ५ गतेसम्म दरखास्त दिन सकिने जनाएको छ।

विज्ञापन

प्रकाशित मिति : २०७८ चैत्र ३० गते बुधवार