चैत २८, सल्यान – पार्टीमा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जाल मार्फत राजीनामा दिएका दार्मा गाउँपालिका २ का वडा सदस्य सार्की खत्रीले राजीनामा फिर्ता लिएका छन् ।

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सल्लाहकार समिति सदस्य समेत रहेका खत्रीले आउँदै गरेको स्थानिय तह निर्वाचनको उम्मेदवारीको विषयमा असन्तुष्टि जनाउँदै राजीनामाको घोषणा गरेका थिए । सामाजिक सञ्जाल फेसबुक मार्फत नेकपा माओवादी केन्द्रको कुनै पनि जिम्मेवारी पदमा नबस्ने र स्वतन्त्र बस्ने भनी दिएको राजीनामा २ न वडाको बैठकमा फिर्ता लगेको घोषणा गरेका हुन ।

उनले पार्टीमा अहिले सम्मको लगानी त्याग बलिदानको रक्षा गर्न र टुट फुट विखण्डनले आन्दोलन सफल नहुने भएकाले राजीनामा फिर्ताको उर्लिएको उनको भनाई छ । सङ्घटनमा रही आन्दोलनको सह पार्टी हुने प्रतिबद्धता व्यक्त गर्दै आम नेपाली जनताले माओवादी आन्दोलनमा लामबद्ध भई समाजवादको यात्रामा सहयोग गर्न अपिल समेत गरेका छन् ।

प्रकाशित मिति : २०७८ चैत्र २८ गते सोमवार