चैत २८ राेल्पा – आगामी स्थानिय तहको निर्वाचनका लागि रोल्पा जिल्ला भरी पालिका अध्यक्ष पदका उम्मेदवार मध्येका २५ वर्षिय नन्दराम खड्काले रुन्टीगढी गाउँपालिकाको अध्यक्ष पदका लागि दावी गरेका छन्।

खड्काले नेपाली काङ्ग्रेसबाट उम्मेदवार पेश गरेका हुन्। नेपाल विद्यार्थी संघबाट राजनीतिमा होमिएका उनि तरुण दल रुन्टीगढी गाउँपालिकाको सचिबको भुमिका समेत निर्वाह गरिसकेका छन्।पत्रकारीताबाट समाजसेवामा अब्बल छवि बनाएका खड्का नेपाल प्रेस युनियन रोल्पा जिल्ला सदस्य र नेपाली काङ्ग्रेस रुन्टीगढी गाउँपालिका कोषाध्यक्ष समेतको जिम्मेवारी निर्वाह गरेका छन्। खड्काले विभिन्न सामाजिक अभियानहरुका नेतृत्व समेत गरेर समुदायको मन जित्दै लोकप्रियता बटुलेका छन्। विशेष गरि राजनीतिमा उमेर बढी भएकाहरुको मात्रै जनप्रतिनिधिका लागि निर्वाचनमा होमिदै आएकाले युवाले पनि समाजको कुशल नेतृत्व गर्न सक्छन् भन्ने संदेश दिन आफ्नो उम्मेदवारी रहेको उनको भनाई रहेको छ।

रुन्टीगढी गाउँपालिकामा उम्मेदवारका लागि खड्का ११ जनाको नाम नेपाली काङ्ग्रेस रोल्पा जिल्ला कार्य समितिमा सिफारिस भैसकेको छ। उम्मेदवारको ठूलो संख्या हेर्दा टिकटका लागि प्रतिस्पर्धा देखिन्छ। सहज भने छैन तर खड्काको नाम चर्चामा रहँदै आएको छ। कम उम्मेर,चतुरपुर्ण चाल र परिपक्व कुटनैति र लोकप्रिय छविका कारण पालिका प्रमुखका लागि रोल्पाकै जिल्लाकै कान्छा दावेदार खड्काको पनि संभावना देखिएको छ।खड्का निकट भविष्यमै रोल्पा जिल्लाको संभवना बोकेका उदयमान युवा समेत हुन्।

अन्य उम्मेदवारका आकाङक्षीमा जनक पुन, टेकबहादुर बस्नेत, देबेन्द्र बोहोरा, बेगम कवँर, नारायण खड्का, तेजविक्रम रावत, तिलक बुढाथोकी, बिना श्रेष्ठ, धनबहादुर रसाइली र सुवास चन्द रहेका छन।

प्रकाशित मिति : २०७८ चैत्र २८ गते सोमवार