चैत २८, सल्यान – नेकपा माओवादी केन्द्र सल्यानले निर्वाचन सम्बन्धी कार्यदल गठन गरेको छ । नेकपा माओवादी केन्द्र सल्यान जिल्ला समन्वय समितिको श्रीनगरमा बसेको विस्तारित बैठकले सात सदस्यीय कार्यदल गठन गरेको हो ।

कार्यदलमा कृति बहादुर पुन, भिम प्रकाश शर्मा, उमाकान्त शर्मा, निम बहादुर केसी, ज्ञान बहादुर ओली, रत्न बहादुर ओली, चित्र बहादुर केसी र धर्मे बुढाथोकी गरी सात सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलले सबै वडा देखि पालिकासम्मका उम्मेदवारहरु अबको पाँच दिन भित्र छनोट गरिसक्ने जनाएको छ ।

यस्तै बैठकले केन्द्रिय नीति अनुसार जिल्लामा सबै पार्टीसँग तालमेल गरेर जानको लागि तयारी गर्ने र त्यसका आधारहरु खोज्ने, जिल्ला १० वटै पालिकाका वडा देखि पालिका सम्मको सबै सिफारिस एक हप्ता भित्र जिल्ला समन्वयमा पेस गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २०७८ चैत्र २८ गते सोमवार