चैत २६ काभ्रे – बेवारिसे रूपमा भेटिएकी रुकुम (पुर्व) कि एक महिलालाई शनिबार उद्दार गरिएकाे छ ।

रुकुम (पुर्व)काे सिस्ने गाउँपालिका -६ कमलदह घर र चादनी मल्ल ठकुरी नाम बताउने तर उनकाे वास्तविक नाम लक्ष्मी बिक भन्ने खुल्न आएको अन्दाजी ४०/४२ वर्षिय महिलाको उद्वार गरिएको हाे।

केही दिनयता काभ्रेकाे नमोबुद्ध नगरपालिका वडा नं -३ महांकाल आधारभूत विद्यालय नजिकै रहेको जंगलमा बसिरहेको अवस्थामा सुनेपछि साेहि नगरपालिकामा कार्यरत कृषि प्राविधिक पृथ्वी भुजेलले जंगलबाट लिएर आफ्नो संरक्षणमा राखेका थिए। भुजेल समाजसेवी तथा सञ्चारकर्मी समेत हुन। याे बारे जनसहाराले शुक्रबार पनि समाचार प्रकाशित गरेकाे थियाे।

त्यसपछि उक्त महिलाको समन्धित स्थानीय तह सँग समन्वय गरी महिलाको ठेगानासम्म पठाउँने नमोबुद्ध नगरपालिका नगर प्रमुख टी.पी शर्मा तिमल्सिनाले प्रतिबद्धता समेत जनाएको भुजेलले जनसहारा संग बताएका थिए। साेहि अनुसार आज नमोबुद्ध नगरपालिका र भकुण्डे प्रहरी चौकी मार्फत काभ्रेबाट बनेपा २८ किलोमा रहेकाे रहेको श्री मानव कल्याण समाज सेवा घर मा सुरक्षित सँग राखिएको र उनकाे व्यवस्थापन सबै नगरपालिकाले नै गर्ने भुजेलले बताए।

एम्बुलेन्स मार्फत भकुण्डे प्रहरी चौकीबाट प्रहरी राजकुमार कार्की र भुजेलले उक्त सेवाघरमा छाेडेका हन। उक्त महिलाको स्थायी ठेगाना रहेकाे सिस्ने गाउँपालिका प्रमुख र वडा न -६ को वडा अध्यक्ष समेत संपर्कमा आएकाे परिवारसँग जोडिनका लागि प्रयास गरिरहेकाे समेत भुजेलले बताए ।

साथै नजिकबाट उक्त महिलाको परिवारलाई चिन्ने जाे काेहिले पनि ९८५१२७५५६२ र ९८१००६२४६२ मा सम्पर्क गर्न समेत भुजेलले आग्रह गरेका छन।

प्रकाशित मिति : २०७८ चैत्र २६ गते शनिवार