असाेज १८ रुपन्देही – प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीमा ढुंगा प्रहार भएको छ। आइतबार साँझ ६ बजेतिर काठमाडौंबाट हवाईमार्ग हुँदै फर्किएका मुख्यमन्त्री पोखरेल भैरहवा एअरपोर्टबाट आउँदै गर्दा बुटवलको राजमार्ग चौराह मिलन चाेक नजिक आन्दाेेलनकारीले  ढुुुुुङ्गामुढा गरेका हुन।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता खडक बहादुर खत्रीका अनुसार मुख्यमन्त्री सवार गाडीकाे अगाडि र पछाडि स्कर्टिङका तिनवटा गाडि थिए। ढुंगामुढा गर्दा स्कर्टिङ गाडि र मुख्यमन्त्री सवार गाडीको सिसा फुटेको छ। तर मुख्यमन्त्री भने सुरक्षित नै छन। ढुंगामुढा प्रहार भए लगत्तै प्रहरीले हवाई फायर समेत गरेको थियो। ढुङ्गा मुढा धेरै बर्सिन थालेपछि मुख्यमन्त्री सहितका गाडीहरु त्यहाबाट फर्काएर प्रहरी तालिम केन्द्र रामनगर लगिएको छ।

ढुंगा हानेको आरोपमा प्रहरीले मुक्तिराम पौडेल, छाया पोखरेल, कमला अधिकारी र विष्णु पोखरेल लगायत १२ जनालाई पक्राउ गरेको छ।

प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी प्रस्ताव गरेलगत्तै विपक्षीदल नेपाली कांग्रेससहित त्यस क्षेत्रका विभिन्न निकायहरु आन्दोलित छन। मुख्यमन्त्री पाेखरेल टोयोटाको ल्यान्डत्रुजर प्राडो गाडी चढ्छन् । बा१झ ७८९० नम्बरको उक्त गाडीको मूल्य २ करोड ७ लाख रुपैयाँ पर्छ ।

प्रकाशित मिति : २०७७ असोज १८ गते आइतवार