चैत २३ नेपालगन्ज – धनगढीबाट काठमाडौंका लागि उडेको जहाज आपतकालीन समस्या देखाए अचानक नेपालगञ्जमा अवतरण गरिएकाे छ ।

बुद्ध एयरकाे उडान नं. २५२ को जहाजमा सवार एकजना यात्रुमा स्वास्थ्य समस्या देखिएपछि नजिकैको विमानस्थलमा अवतरण गर्नुपर्ने भएपछि धनगढी-काठमाडौ उडेकाे जहाजका लागि नेपालगञ्ज विमानस्थल नजिक भएकाले अवतरण गरिएको बुद्ध एयरले जनाएको छ ।

अवतरणपछि बिरामीकाे स्वास्थ्य परीक्षण गरिएको र अवस्था समान्य रहेपछि आफ्नतकाे जिम्मा लगाएर नेपालगन्जमामै राखेकाे अन्य यात्रु लिएर जहाज पुनः काठमाडौका लागि उडेकाे जनाएको छ।

चालक दलले अवतरणकाे लागि नेपालगन्ज विमानस्थलसंग समस्या बताएपछि जहाज अवतरण गर्नु अघि नै नेपालगन्ज विमानस्थलमा स्वास्थ्यकर्मी र एम्बुलेन्सको व्यवस्था समेत गरिएको बुद्ध एयरले जनाएको छ।

प्रकाशित मिति : २०७८ चैत्र २३ गते बुधवार