चैत २३ काठमाडौ – शान्ति स्थापनार्थ अफ्रिकी मुलुक कंगोमा शान्ति सैनिकका रूपमा खटिएका एक जना नेपाली सैनिक सिपाहीकाे मृत्यु भएको छ।

मंगलबार प्रमुख सेनानी निकिल कुँवरको कमाण्डमा ‘कर्डन एन्ड सर्च’को कारबाही सञ्चालन गरी विद्रोहीको अब्जेक्टिभ कब्जा गरी जमिनमा होल्ड गरेको अवस्थामा विद्रोहीले अज्ञात स्थानबाट अचानक फायर गरेपछि नेपाली सेनाका सिपाही सुर्खेत गुर्भाकोट-१४ ठेगाना भएका अनिल गुरूङको मृत्यु भएको नेपाली सेनाले जनाएको छ।

आक्रमणबाट घाइते भएका गुुरुङलाई तत्काल हेलिकप्टर मार्फत बुनियाँस्थिल लेभल -२ अस्पतालमा लिएपछि उपचारको क्रममा मृत्यु भएको हाे।

प्रजातान्त्रिक गणतन्त्र कंगो (MONUSCO) को बाली, डुगु क्षेत्र, इटुरी प्रान्तमा रहेको संयुक्त राष्ट्र संघको स्थिरीकरण मिसनमा खटिएका शान्ति सेनाकाे मृत्यु प्रति कडा निन्दा गर्दै संयुक्त राष्ट्र संघका महासचिव फरहान हकका सहायक प्रवक्ताले मृतकका परिवारका साथै नेपाल सरकार र नेपाली जनताप्रति गहिरो समवेदना प्रकट गरेका छन्।

प्रकाशित मिति : २०७८ चैत्र २३ गते बुधवार