चैत २२ सल्यान – राप्ती राजमार्ग अन्तर्गत दाङ-सल्यान सडकखण्ड दैनिक ८ घण्टा बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय सल्यानले मंगलबार एक सुचना सार्वजनिक गर्दै प्रमुख जिल्ला अधिकारी र जिल्ला स्थित सराेकारवालाहरुकाे चैत २० काे बैठक अनुसार र सडक डिभिजन दाङकाे चैत २१ काे पत्रअनुसार राप्ती राजमार्ग अन्तर्गत दाङ-सल्यान खण्ड पर्ने चोरखोला देखि कपुरकोट सम्मको खण्ड स्तराेन्तरी साँघुरो सडकलाई फराकिलो पार्ने काम गर्नुपर्ने भएकाले बुधबार अर्थात चैत २६ भाेलिबाट लागू हुने गरि चैत २९ गतेसम्म एक साताका लागि दैनिक तिन चरणमा गरि करिब ८ घण्टा राजमार्ग बन्द गर्न लागिएको सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काद्वारा हस्ताक्षर सुचनामा उल्लेख छ।
पहिलो चरणमा बिहान ७ देखि ९ बजेसम्म दाेस्राे चरणमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र तेस्रो चरणमा बेलुका ५ बजेदेखि बेलुका ८:३० बजेसम्म आवागमन बन्द गरिने भएकाे हाे। याे अवधिमा अत्यावश्यक अवस्थामा साना सवारीसाधनले वैकल्पिक मार्गकाे रुपमा रहेकाे पैयाँखोर–कपुरकोट डाइभर्सन प्रयोग गर्न सक्नेछन।