चैत २२ काठमाडौ – स्थानीय तहको निर्वाचनबारे छलफल गर्न बसेकाे सत्ता गठबन्धनको बैठकले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलकाे नेतृत्वमा ५ सदस्यीय निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेकाे छ।

सत्ता गठबन्धनका पाँच दलबाट प्रतिनिधित्व हुने गरि उक्त समिति गठन गरिएको छ। जसअनुसार सदस्यहरूमा कांग्रेसबाट महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, माओवादी केन्द्रबाट नेता वर्षमान पुन र देवप्रसाद गुरुङ,  एकीकृत समाजवादीबाट वेदुराम भुसाल र विजय पौडेल,  जसपाबाट अशोक राई र रेणु यादव र राष्ट्रिय जनमोर्चाबाट हिमाल पुरी सदस्य रहेका छन्।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा तालमेल बारे ठोस निर्णय गर्न बिहान ९ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेकाे थियाे।

प्रकाशित मिति : २०७८ चैत्र २२ गते मङ्गलवार