चैत २२ बाँके – ठुलाे मात्राकाे धनराशि सहित जुवातास खेलिरहेको अवस्थामा बाँके प्रहरीले ५ जनालाई पक्राउ गरेकाे छ।

कोहलपुर नगरपालिका-११ बसपार्कस्थित होटेल रेडिसनबाट तास खेलिरहेको अवस्थामा ५ जनालाई गएराति पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

उक्त होटलमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ६२ हजार ६ सय ५० रूपैयाँ सहित फेला पारी पक्राउ गरि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए।

प्रकाशित मिति : २०७८ चैत्र २२ गते मङ्गलवार