चैत १८ प्युठान – बसकाे ठक्करबाट एक बालककाे मृत्यु भएकाे छ।

नौबहिनी गाउँपालिका-४ खबाङ कुलेलीस्थित सडकमा शुक्रबार बिहान लु १ ख ७०२१ नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने ८ वर्षीय सरोज पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएकाे छ।

ठक्करबाट गम्भीर घाइते भएका पुनको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले बताए।

प्रकाशित मिति : २०७८ चैत्र १८ गते शुक्रवार