चैत १७ कपिलवस्तु – नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले स्थानीय आवश्यकताको आधारमा आगामी स्थानीय निर्वाचनमा तालमेल हुन सक्ने बताएका छन।

नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नं २ (ख) द्वारा आज यशोधरा गाउँपालिकामा आयोजित आमसभालाई सम्बोधन गर्दै सभापति पुन सोलोडोलोको आधारमा नभई स्थानीय जनमतको आधारमा तालमेल हुन सक्ने बताएका छन।

सभापति पुनले आगामी स्थानीय निर्वाचनमा लुम्बिनीका दुइतिहाई स्थानीय तहमा कांग्रेसले विजयी प्राप्त गर्ने बताएका छन । लुम्बिनी प्रदेशमा रहेका १०९ स्थानीय तहमध्ये ७५ स्थानीय तहमा कांग्रेसले स्थानीय सरकार निर्माण गर्ने दावी समेत गरेका छन ।

संविधानको सस्थागत कार्यनयन गर्ने दायित्व कांग्रेसको सामु आएको उल्लेख गर्दै सभापति पुनले स्थानीय सरकारमा कांग्रेसको नेतृत्व रहे मात्र संघीयताको प्रभावकारी सबलीकरण हुने धारणामा समेत जाेड दिएका छन।

प्रकाशित मिति : २०७८ चैत्र १७ गते बिहिवार