रोल्पा जिल्ला रोल्पा नगरपालिका वार्ड नं ८ जंकोटमा नेपाल टेलिकमको टावर ठडिएको धेरै भयो । बारम्बार टेलिकमलाइ दबाब दिदा पनि अहिलेसम्म सुचारु भएको छैन । माथिबाट इन्जिनियर जोड्न आउन बाकि छ रे ? पहिले बिद्युत भएन- भण्डारण घर भएन भनेर ढिला भएपनि अहिले सबै पूरा भएको महिनौ हुदा पनि टावर पुर्ण रुपमा सुचारु गरिएन । संचार जनताको आधारभुत आवश्यकता हो । पुर्ति गर्नुको साटो झन बन्चित गराउन खोज्ने निकायहरुको हालत अचम्म छ ।

१. महिनौ/बर्षौ देखि जिल्लाका धेरै ठाउमा टावर ठडिएका पक्कै छन । कतै काम नै गर्दैनन, बिग्रिरहन्छन भने कतै जंकोट झै सुचारु गरिएको छैनन ।

२. पटकपटक दबाब दिएको जानकारी छ नगरपालिबाट पनि । टेलिकमको प्रदेश कार्यालयमा भेटेर जानकारी पनि गरिएछ बिडम्बना अझै समाधान भएको छैन ।

३. रोल्पा जिल्ला अस्पताल / स्वास्थ्य कार्यालय/ ससस्त्र बेस क्याम्प रोल्पा नगरपालिका वार्ड नं २ मा छन । यी ठाउमा अहिलेसम्म ल्याण्डलाईन फोन बिस्तार भएको छैन । ल्याण्डलाईनको के कुरा टावरले समेत काम गर्दैन राम्रोसंग लिबाङ क्षेत्रमै ।

४. जनताको पीडा, घुम्ने कुर्सिमा दिनभर बस्नेलाइ के थाहा । जनताको मेहनतले कमाएको पसिनाबाट पालिनेहरुले यो पीडा बुझ्दैनन । प्राइभेटमा पैसा नि छ दुख नि छ । सरकारिमा पैसा छ दुख छैन । तर सबैलाई भन्न खोजेको हैन । यो आफैले बुझ्नुहोला , मनन गर्नुहोला । यो बहसको बिषय हैन । छर्लङ्ग छ ।

५. देशभरका ठाउमा फोर जि सुरु गरियो । यता दुर दराजमा टावर त टिप्दैनन कसरी जनतालाइ प्रत्याभूति गराउने कि संचार छ है भनेर ?


साथै रोल्पा नगरपालिका वार्ड ९ ह्वामामा रहेको एनसेलको टावरको हालत पनि बर्षौ देखि उस्तै छ । कृपया सेवा दिनको लागि बनाएको हो भने सुचारु गर्नुस, संबंधित निकायले अझै दबाब दिनुस हैन भने ठिङ्गै उभ्याउने टावर के काम, कवाडिलाइ बेचिदिनु कम्तिमा पैसो त आउँछ ?

लेखक विनोद डाँगि राेल्पा नगरवासी हुन। उनी सामाजिक अभियान्ता तथा विभिन्न क्षेत्रमा आबद्ध छन। उनले उठान गरे जस्तै समस्या देशका अधिकाशं ठाउमा यस्तै छ। सराेकारवालालाई घच्घच्याउने उनका यी शब्द नै काफि छन: सम्पादक 

प्रकाशित मिति : २०७७ असोज १६ गते शुक्रवार