चैत १६ अछाम – पहिला सहमतिमै यौन सम्पर्क राखेर जबर्जस्ती बलात्कार गरेकाे आराेप लगाउने किशोरी माथि अदालतले जेल सजाय सुनाएको छ।

अछामको कमल बजार नगरपालिकाकी १९ वर्षीया किशोरीले गत माघ १५ गते आफूलाई जबर्जस्ती बलात्कार गरेको भन्दै माघ १७ गते रामारोशन गाउँपालिकाका २० वर्षीय नन्दराम खनाल माथि किटानी जाहेरी दिएकि थिइन।

साेहि आधारमा अनुसन्धान गर्दै जादा ती किशोरीले विवाह गर्ने सहमति मै यौन सम्पर्क भएको तर आफुलाई विवाह गर्दैन कि भनेर झुटा विवरण पेस गरेकाे समेत बयान दिएपछि जिल्ला अदालत अछामका न्यायाधीश नवीनकुमार जोशीको एकल इजलासले युवकलाई निर्दाेष ठहर गर्दै किशोरीलाई साढे तीन वर्षको कैद सजाय फैसला गरिदिएकाे हाे।

उनिहरु बिच फाेन मार्फत चिनजान भएपछि प्रेममा बाधिएर विवाहकाे कुरा गर्न किशोरीले घरमा बाेलाएपछि किशोरीकाे परिवारलाई समेत थाहा भएकाे र उनिहरु एउटै काेठा भित्र खाटमा बहिनीसँग सुतेकी किशोरीलाई भुइँमा सुतेका युवकले तानेर जबरजस्ती करणी गरेको आरोप लगाए पनि सहमति मै राति खाटबाट किशोरी आफुसंग भुईमा सुत्न आएको र पछि सहमतिमा यौन सम्पर्क भएको बयान किशाेरले बयान दिएका थिए।

झुट्टा मुद्दामा फसाउने नियत अनुसार मुलुकि फौजदारी कार्यविधि संहिता २०७४ काे दफा ४४ काे उपदफा (२) काे देहायय (क१) बमोजिमको तीन वर्ष ६ महिना कैद हुने ठहर हुने हुदा साेहि अनुसार फैसला गर्दै मुलुकि फौजदारी कार्यविधि संहिता २०७४ दफा १३१ बमाेजिम फैसला गरिएको हाे।

प्रकाशित मिति : २०७८ चैत्र १६ गते बुधवार