चैत १५, सल्यान – सल्यानमा एक प्रहरी जवान मृत अबस्थामा फेला परेका छ्न । ईप्रका श्रीनगरमा कार्यरत प्रहरी जवान पवन केसी मृत फेला परेका हुन ।
ईप्रका श्रीनगरको कार्यालय नजिकै भगवती खोला जाने नालामा पोशाक लगाएकै अबस्थामा केसीको शव भेटिएको हो ।
गएराती १० बजेदेखि २ बजेसम्म ईप्रका श्रीनगरको मेनगेटमा डिउटीमा रहेका केसी आज बिहान मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ । घटनाको कारण नखुलेपनी ३० मिटर माथि छाङगोबाट खसेर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।
आज बिहान स्थानीय एक महिलाले शब देखेपछी प्रहरिलाई खबर गरेकि थिईन । मृतक प्रहरी जवान केसी पश्चिम् रुकुमको मुसिकोट-१३ छिवाङका हुन ।
घटनाबारे अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए ।