चैत १२, सल्यान – नेकपा माओवादी केन्द्र सल्यानका जिल्ला संयोजक नेता कृति बहादुर पुन प्रकाण्डले माओवादीले चुनावी मोर्चामा जित हासिल गर्नुपर्ने बताएका छन । उनले अहिले सम्म प्राप्त उपलब्धीको रक्षा गर्दै समाजवादी व्यवस्था निर्माणका लागि भएपनि माओवादीले हरेक तहका चुनाव जित्नुपर्ने बताएका हुन ।
प्रेस संगठन सल्यानको तेस्रो विस्तारित बैठकलाई सम्बोधन गर्दै पुनले माओवादी आन्दोलनका कारण प्राप्त उपलब्धीको संस्थागत गर्दै समाजवादी व्यवस्था निर्माणका गर्नलाई चुनाव जित्नै पर्ने बताए । माओवादीकै कारण गणतन्त्र, संघीयता, समानुपातिक समोशीता आएको बताउँदै उनले यसलाई विघटन गर्नेहरुसँग सचेत बन्नुपर्ने समेत बताएका छन ।
बैठक सम्बोधनका क्रममा पार्टीका प्रदेश कमिटी सदस्य भीम प्रकाश शर्माले माओवादीले गरेका राम्रा कामको प्रचार मात्रै गरेपनि माओवादी पार्टी पहिलो हुने बताए । उनले व्यक्ति इकिंत गरेर समाचार लेख्नै पर्छ भन्ने छैन भन्दै कम्तीमा कुन सरकारले गर्यो, के काम गर्यो भन्ने मात्रै खुलाई प्रचारप्रसार गरेर सरकारका कामको प्रशंसा मात्रै गरेपनि माओवादीको पक्षमा जनलहर बढ्ने बताएका छन ।
कार्यक्रममा संगठनका प्रदेश अध्यक्ष प्रतीक इच्छुक शर्मा, केन्द्रिय सदस्य डिल्लीराज रावत, प्रदेश सचिव तिलकराज वली लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
जिल्ला अध्यक्ष प्रकाश शर्माको अध्यक्षतामा बसेको बैठकले निर्वाचनका बेला मतादाता शिक्षासँगै जागरण पैदा गर्न संगठनको तर्फबाट प्रचारलाई व्यापक बनाउन समाचार कक्ष बनाउनुका साथै विभिन्न जिम्मेवारी तोकेको छ ।
संगठनका जिल्ला उपाध्यक्ष महेश कुमार ओली (समीर श्री) को स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन अर्का उपाध्यक्ष सरिता चलाउनेले गरेकी थिइन ।