चैत १२ सर्लाही – सडक निर्माण विवादमा दुई पक्षिय स्थानिय बिच झडप हुदा गम्भीर घाइते भएका जसपाका प्रवक्ता तथा संघिय सांसद प्रमाेद शाहलाई हेलिकप्टर मार्फत काठमाडौ ल्याइएको छ।

ईश्वरपुर नगरपालिका स्थित वयलबास बजारमा शनिबार बिहान झडप हुँदा सांसद साह गम्भीर घाइते भएका हुन। आक्राेशित स्थानीयहरुले सुरक्षामा खटिएका सुरक्षाकर्मिहरु माथि पनि आक्रमण गरेका छन। प्रहरी सहायक निरीक्षकबाट हतियार र गाेली समेत लुटेकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले बताए।

फूलजाेर-त्रिभुवननगर सडकखण्ड विस्तारका क्रममा फूलजाेड युवा क्लबकाे आधा भवन भत्किएकाे र बाँकी रहेकाे जग्गामा क्लबकै भवन बनाउने कि बनाउन नदिने भन्ने विषयमा स्थानीय बासिन्दा बीच भएको विवादले उग्ररप लिएपछि स्थानीयहरुले ढुंगामुढा गर्न सुरु गरेका थिए।

ढुंगाले लाग्दा सांसद साहकाे टाउकाेमा गहिरो चाेट लागेले वयलबास स्थित अमृत हेल्थकेयर अस्पतालमा प्राथमिक उपचारपछि जिल्ला प्रशासन कार्यालयकाे पहलमा सिम्रिक एयरकाे हेलिकप्टर मार्फत काठमाडौ ल्याइएको हाे।

थप अप्रिय घटना हुन नदिन अहिले घटनास्थलमा सुरक्षाकर्मी ठुलाेमा मात्रामा परिचालन गरिएको र उक्त घटनाबारे छानबिन भइरहेको र आवश्यक परे जिल्ला सुरक्षा समितिकाे आपतकालीन बैठक बसी छानवीन समित गठन गर्ने प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताए।

प्रकाशित मिति : २०७८ चैत्र १२ गते शनिवार