असाेज ११ राेल्पा – गंगादेव गाउपालिका रोल्पामा असोज १८ गते देखि विद्यालय सन्चालन गरिने भएको छ। विगत लामाे समय देखि काेभिड १९ का कारण अस्तव्यस्त रहेकाे शिक्षा क्षेत्रलाई अब केहि सजकता अपनाउदै संचालन गर्ने गाउपालिकाकाे निर्णय रहेकाे छ ।

यस अघि पनि विद्यालय संचालनकाे लागि केही छलफल गरियकाे भए पनि काेभिड १९ काे संक्रमण बढदाे क्रममा रहेकाले ठाेस निर्णयमा गाउपालिका पुगेकाे थियन।
गाउपालिका  अध्यक्ष वीर बहादुर खत्रीको अध्यक्षता आज बसेको गाउ कार्यपालिका बैठकले पालिका भित्रका सबै विद्यालय असोज १८ गते आइतबार देखि सन्चालन गर्ने निर्णय गरिएको छ ।

बैठकमा गाउपालिका उपाध्यक्ष रिता घर्ती, वडा नम्बर १ का अध्यक्ष अजमत डागी , वडा नम्बर २ का अध्यक्ष भुपाल दमाई, वडा नम्बर ३ का अध्यक्ष जलेश कुमार केसी, वडा नम्बर ४ का अध्यक्ष राम बहादुर वली, वडा नम्बर ५ का अध्यक्ष मान बहादुर डागी , वडा नम्बर ७ का अध्यक्ष तुल बहादुर घर्ती,शिक्षा शाखा प्रमुख शेर बहादुर डागी को उपस्थिति रहेकाेे प्रेस संयाेजक अशोक वलीले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ असोज ११ गते आइतवार