चैत ११ राेल्पा – ट्याक्टर दुर्घटनामा परि एक जनाकाे मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन।
शुक्रबार बिहान सुनिलस्मृति गाउँपालिका-३ लोबाङ भन्ने ठाउँमा ट्याक्टर दुर्घटना हुदा ट्याक्टरका सहचालक सुनिलस्मृति गाउँपालिका -५ का २० वर्षिय खुमे थापाकाे मृत्यु भएको छ भने ट्याक्टरका चालक सुनिलस्मृति गाउँपालिका -३ का २४ वर्षिय यमराज बिष्ट गम्भीर घाइते भएकाे जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ।
सुलिचौरबाट बालुवा लिएर गजुल काप्राका लागि छुटेकाे लु १ त ९९६० नम्बरको ट्याक्टर लोबाङ स्थित ग्रामीण भित्री कच्ची सडकमा शुक्रबार बिहान करिब २:३० बजे दुर्घटनामा परेकाे हाे। दुर्घटनामा परि गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर लिएकाेमा सहचालक थापाकाे बिहान करिब ७ बजेतिर सुलिचौरमै मृत्युु भएको जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रमुख प्रहरी नायव उपरीक्षक विनाेद घिमिरेले बताए।
मृतक थापाकाे शव पाेष्टमार्टमकाे लागि जिल्ला अस्पताल रेउघा पठाइएको र गम्भीर घाइते चालक बिष्टलाई थप उपचारका लागि बुटवल रिफर गरिएको र ट्याक्टर सडक बाट अन्दाजी ६० मिटर तल खसेको प्रहरी नायव उपरीक्षक घिमिरेले बताए।