असाेज ९ राेल्पा – सेभ द चिल्ड्रेन र मानव अधिकार सचेतन केन्द्र (हुरेक) रोल्पाको साझेदारीमा सञ्चाललित एकीकृत परियोजनाको बर्हिगमन तथा हस्तान्तरण कार्यक्रम त्रिवेणी गाउँपालिकाको ७ वटै वडा कार्यालयमा सम्पन्न भएको छ ।

बालबालिकाको हक अधिकार संरक्षण, संर्वधन र प्रर्वधन साथै बालबालिकाको शिक्षा र जिविको पार्जनमा सघाउ पुर्‍याई त्रिवेणी गाउँपालिका रोल्पामा बालश्रमिकको संख्या न्यूनिकरण गर्न सन् २०१७ को जुलाई देखि शुरु भएको कार्यक्रम सन् २०२० को सेप्टेम्वरको अन्तमा कार्यक्रम बर्हिगमन हुन लागि रहेकाले वडा स्तरमा बर्हिगमन तथा हस्तारण कार्यक्रम सम्पन्न भएको हो ।

त्रिवेणी गाउँपालिका वडा नं. ४ सिम्पानीमा असोज ६ गते वडा २ नुवागाउँ, वडा नं. ३ लिङदुङ, वडा नं. ५ नेर्पा र वडा नं. १ करेटीमा असोज ०७ गते र आज वडा नं. ६ धारमखोला र वडा नं. ७ गैरिगाउँमा कार्यक्रम बर्हिगमन तथा हस्ताणतरण कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा वडा अध्यक्ष, वडा सदस्यहरु, बालअधिकार समितिका सदस्यहरु, बाल क्लवका प्रतिनिधिहरु, विद्यालय व्यवस्थापन समितिको सदस्यहरु, विद्यालयको प्रधानध्यापक तथा शिक्षकहरु, राजनैतिक दल तथा स्थानिय बुद्धिजिवीहरु, हुरेक रोल्पा र सेभ द चिल्ड्रेनका कर्मचारीहरुको उपस्थीती रहेको थियो । कार्यक्रममा परियोजनाबाट प्राप्त उपलव्धी, कार्यक्रममा आएको चुनौतिहरु र कार्यक्रमबाट आएको सिकाईहरुबारे छलफल गरि प्राप्त राम्रा अभ्यासहरुलाई आफ्नो वडामा लागु गर्ने प्रतिवद्धता समेत व्यक्त गरिएको छ ।

प्रतिबद्धताहरु बुदागत रुपमा निम्नप्रकार छन

१.परियोजनाको सहयोगबाट सीप तालिम लिएका व्यक्तिहरुकाे रोजगारीका लागि हाम्रो तवरबाट यथासक्य प्रयास गर्ने र यसका लागि सरकारी तथा निजी सरोकारवालाहरु संग मिलेर हातेमालो गरि परियोजनाकाे सहयोगबाट व्यवसायिक बाख्रापालन, बंगुरपालन तथा कुखुरापालन सहयोग प्राप्त गरेका व्यक्तिहरुकाे व्यवसाय दिगो र सबल होस् भन्नका लागि आवश्यक पुँजी, अनुदान तथा बजार व्यवस्थापनका लागि भरपुर प्रयास गर्ने ,

२.परियोजनाको सहयोगबाट सहकारीहरुमा स्थापना गरिएको घुम्ती कोष र बाल अनुदान कोषको उचित परिचालनमा, अनुगमन र दिगोपनाका लागि दृढताका साथ लाग्ने र लक्षित लाभग्राहीलाई उक्त कोषबाट सहजरुपमा ऋण रकम प्राप्त होस् भन्नका लागि आवश्यकता अनुसार भरपुर मात्रामा सहजीकरण गर्ने,
३.परियोजनाबाट लाभान्वित व्यक्तिहरुद्वारा गठित व्यवसायी समूहको सुदृढीकरण र आवश्यक सहयोगका लागि पहिलो प्राथमिकता दिने,
४.परियोजनाबाट लाभान्वित व्यक्तिहरुको पशुविमालाई परियोजना पश्चात् पनि निरन्तरताका लागि पहल गर्ने,

५.बाल अधिकार समितिको मासिक बैठक मार्फत बालबालिकाको समग्र सवालमा छलफल गरी बालबालिका र उनीहरुको परिवाारको सहयोग र सहकार्यका लागि सिफारिस प्रक्रियालाई निरन्तरता दिने,

६.बालबालिकाको अधिकार संरक्षण गर्न बाल अधिकार समितिको लागि निश्चित् बजेट विनियोजन गरी बाल संरक्षण र जनचेतनाका कार्यक्रम संचालन गर्ने,

७.परियोजनाको सहयोगमा शुरुवातदेखि जोखिमपूर्ण अवस्थाका बालबालिकाको घटना व्यवस्थापन मार्फत बाल संरक्षण गर्ने कार्य तथा बालबालिकाको नियमित घरभेट गर्न पारा सामाजिक कार्यकर्ता परिचालन गर्ने,

८.परियोजनाको सहजीकरणमा गठन गरिएका बाल क्लवहरुलाई बाल क्लव सहजीकरण तथा परिचालन निर्देशिका अनुसार परिचालन, अनुगमन तथा आवश्यक सहयोग गर्ने,
९.बालबालिकासंग सम्वन्धित दिवसहरुको अवसरमा बाल क्लवको परिचालन गरी जनचेतना अभिवृद्धि गर्ने,

१०.बालश्रम र बाल विवाह न्यूनिकरणका अभियानहरुलाई निरन्तरता दिई बालश्रम र बाल विवाह मुक्त गाउँपालिका घोषणा गर्न पहल तथा पाेत्साहन गर्ने,

११.बालबालिकाको हक अधिकार संरक्षण, संर्वधन र सहभागिताको सुनिश्चितता गरी बालमैत्री वडा र गाउँपालिका घोषणा गर्ने,
१२.गाउँपालिकामा स्थापना गरिएको बालकोषको रकम वृद्धि गरी जोखिममा रहेका बालबालिकाको सहयोगलाई निरन्तरता दिने,
१३.विद्यालयतहमा स्थापना गरिएको गुनासो सुनुवाइ संयन्त्रको नियमन, अनुगमन गरी प्रभावकारी परिचालन गर्ने,
१४.परियोजनाको सहयोगबाट विद्यालयहरुले प्राप्त गरेको बसाइ व्यवस्थापनका सामग्रीहरुको उचित प्रयोग तथा संरक्षण गर्ने साथै आगामी दिनमा यस कार्यका लागि आफ्नै बजेट विनियोजन गरी निरन्तरता दिने,

१५.परियोजनाबाट लाभान्वित बालबालिकाकोे शैक्षिक सहयोगमा निरन्तरता दिदै वैकल्पिक शिक्षा कार्यक्रम तथा संगै पढौ संगै सिकौ कार्यक्रमबाट विद्यालयमा भर्ना भएका बालबालिकाको निरन्तर निगरानी गर्नुका साथै विद्यालय बाहिर रहेका विद्यालय उमेरका बालबालिकाको तथ्याङ्क संकलन गरी भर्ना गर्ने र शतप्रतिशत भर्ना गाउपालिका घोषणा गरी कार्यान्वयन गर्ने,

१६.परियोजनाको सहयोगमा मर्मत गरिएका भौतिक संरचना, शिक्षक तालिम, शिक्षण सिकाइ सामग्रीहरुको उचित अभिलेखीकरण गर्न सहजीकरण गरी संरक्षण, सुरक्षा र उचित प्रयोगका लागि निरन्तर अनुगमन गर्ने,

१७.सिकाइ उपलब्धीका आधारमा उत्कृष्ट विद्यालय र शिक्षकलाई वार्षिक रुपमा पुरस्कृत गर्नेे र सबै विद्यालयका व्यवस्थापन समितिमा बाल सहभागिता भएको सुनिश्चित गरी बालबालिका सम्बन्धी निर्माण गरिएका कानुन,नीति नियम, कार्यविधिहरुको निरन्तर कार्यान्वयनमा जोड दिने,

बालबालिकाको सर्वाेत्तम हित हुने क्षेत्रका लागि नियमित लगानीमा वृद्धि गर्दै जाने बहिर्गमन तथा हस्तान्तरण कार्यक्रममा सहभागी सबैले प्रतिबद्वता जनाएका थिए

प्रकाशित मिति : २०७७ असोज ९ गते शुक्रवार