चैत ७, सल्यान – सल्यानको बागचौर नगरपालिले पालिकाको वडा नं. १ बरा रुख देखि वडा नं.३, चौरपानीसम्मको सहिद रिङ्गरोडमा सल्यान- रुकुम यातायात प्रा.लि.को यात्रुवाहक बस आजदेखि सञ्चालन गर्दै नगर प्रमुख लोकमान बुढाथोकीले उद्घाटन गरेका छन ।

शोमबार एक कार्यक्रमका बिच बागचौर नगर प्रमुख बुढाथोकीले उक्त सहित रिङ्गरोड उद्घाटन गर्दै बागचौर नगरपालिकालाई रिङ्गरोड मार्फत जोड्ने आफ्नो कार्यकालको एक महत्त्वपूर्ण कार्य सफल भएको बताएका छन ।

अबदेखि सहिद रिङ्गरोड अन्तर्गत कालाखेत,बरारुख हुँदै कोटबेतमा गाडी संचालन हुनेछ । कार्यक्रममा सल्यान – रुकुम यातायात प्रा.लिका कर्मचारीको साथै स्थानीयहरुको उपस्थिति रहेको थियो।यस्तै विगत केही दिन यता आ.व.२०७७/०७८ विनियोजित बजेटबाट निर्माण भएका विभिन्न योजनाहरुको उद्घाटन कार्यक्रममा व्यस्त बुढाथोकीले वडा नं. १ मा आज नै बत्ती उद्घाटन पनि गरेका छन । बत्ती उद्घाटन गर्दै उनले सबै वडाहरुमा बत्ती पुगिसकेको बताउँदै अबको योजना भनेको टोलहरुमा विस्तार गर्ने रहेको बताएका छन ।

प्रकाशित मिति : २०७८ चैत्र ७ गते सोमवार