चैत ६, सल्यान – बागचौर नगरपालिकाले पाँच वर्षको अवधिमा सम्पन्न गरेका र हुँदै गरेका विकास योजनाहरुको प्रारम्भिक विवरण सार्वजनिक गर्नेक्रममा वडा नं.९ को विवरण पनि सार्वजनिक गरेको छ ।
पाँच वर्षको अवधिमा संघ, प्रदेश र स्थानीय सरकारबाट निर्माण सम्पन्न भएका र निर्माण हुने क्रममा रहेका विकास योजनाहरुको प्रारम्भिक विवरण अनुसार वडा नं. ९ को कुल जम्मा विनियोजित बजेट रकम रु.१३ करोड ६३ लाख ९३ हजार रहेको नगरपालिकाले जानकारी दिएको छ ।
उक्त निर्माण सम्पन्न र निर्माण हुदै गरेका योजनाहरुको विवरण निम्नअनुसार रहेको छ :-
सडक पुर्वाधार विकास तर्फ :-
१) कोटमौला, कमलपोखरी, खोरबारे, धामिढुङ्गा हुँदै कुयपानी, मौरीघारे सडक ट्रयाक ओपन तथा स्तर वृद्धि ८१ लाख ९ हजार (क्रमागत), स्थानीय सरकार, प्रदेश सरकार र प्रधानमन्त्री रोजगार कार्यक्रम साझेदारी । श्रीनगर देखि बागचौर हुँदै खोरबारे (वडा कार्यालय) सम्म नियमित बस सेवा संचालनमा रहेको ।
२) खरिबोट, चिल्ढाले, डाँगीगाउँ, खोरबारे, जलेखर्क कृषि सडक स्तरोन्नति ४९ लाख (क्रमागत), प्रदेश सरकार, मुख्यमन्त्री रोजगार कार्यक्रम ।
३) लिउरेबारी, सानागाँडाकोट, परिलेख, मौरीघारे, चार, पोखरी डाँडा सडक ट्रयाक ओपन तथा स्तर वृद्धि ६० लाख ७७ हजार (क्रमागत), स्थानीय सरकार, प्रधानमन्त्री रोजगार कार्यक्रम र संघीय संसद विकास कोष साझेदारी ।
४) सहिद रिङरोड बुढाथोकी गाउँ, तिनबिसौनी (सडक ट्रयाक ओपन), जलेखर्क, (कपुरकोट, खौला सडकको समेत मिलन बिन्दु) पातिहाल्न, पोखरी डाँडासम्म मर्मत २३ लाख ३४ हजार, स्थानीय सरकार र प्रधानमन्त्री रोजगार कार्यक्रम साझेदारी । राप्ती राजमार्ग एवं बागचौर नगरपालिकाको केन्द्र बागचौर बजार देखि बानपा ८ कोटमौला, छत्रेश्वरी गाउँपालिका र बागचौर नगरपालिकाको सिमाना हुँदै लुम्बिनी प्रदेश अन्तर्गतको रोल्पा गंगादेव गाउँपालिका हुँदै लिबाङसम्म जोड्ने प्रस्तावित मदन भण्डारी राजमार्गको यस खण्डमा दाङ तुल्सिपुर देखि नियमित बस सेवा संचालनमा रहेको छ ।
५) बथान, कुयपानी, बस्नेउटा सडक ट्रयाक ओपन २५ लाख, प्रदेश संसद विकास कोष ।
६) जलेखर्क, बथान, धामिढुङ्गा सडक स्तरोन्नति १६ लाख ४४ हजार, स्थानीय सरकार र प्रधानमन्त्री रोजगार कार्यक्रम साझेदारी ।
७) सानागाँडाकोट धामिढुङ्गा सडक ट्रयाक ओपन ७ लाख, स्थानीय सरकार ।
८) रयाजबोट, हरिपुर, तल्लो धामिढुङ्गा सडक ट्रयाक ओपन तथा मर्मत १४ लाख ५४ हजार, स्थानीय सरकार र प्रधानमन्त्री रोजगार कार्यक्रम साझेदारी ।
९) बुझेरी जिमाली टोल बथान सडक ट्रयाक ओपन २ लाख ७५ हजार, स्थानीय सरकार ।
१०) शान्तिनगर, खोलातरा, तलेघर सडक स्तरोन्नति ३ लाख ५० हजार ।
११) गैरी बिसौनि, घार्नेमुल, ढुङ्गारे सडक ट्रयाक ओपन ६ लाख ५० हजार ।
१२) पोखरीडाँडा, बस्नेउटा सडक ट्रयाक ओपन २ लाख ७५ हजार ।
१३) बनघर सुर्योदय आवि सडक ट्रयाक ओपन २ लाख ।
१४) कुयपानी, मेलपोखरी, खर्सु बस्नेउटा सडक ट्रयाक ओपन २४ लाख, मुख्यमन्त्री रोजगार कार्यक्रम ।
१५) तिनबिसौनी, धनबोट सडक निर्माण तथा मर्मत ५ लाख ५० हजार ।
१६) शान्तिनगर बयालडाँरी सडक ट्रयाक ओपन ५ लाख (क्रमागत) ।
१७) प्लाटुनचौर, कुयपानी सुर्य प्रकाश आवि सडक ट्रयाक ओपन तथा मर्मत ५ लाख (क्रमागत) ।
१८) जुगेखोली हरिपुर सडक ट्रयाक ओपन १ लाख ५० हजार ।
१९) ९ नं. वडाका सम्पूर्ण सडकहरु मर्मत १५ लाख (क्रमागत), स्थानीय सरकार ।
२०) मुख्य सडक मर्मत सम्भार (लेन्थ वर्कर पारिश्रमिक) १६ लाख (क्रमागत), स्थानीय सरकार ।
सडक पुर्वाधार विकास तर्फ जम्मा रु.३ करोड ६६ लाख ६८ हजार ।
खानेपानी तर्फ :-
१) धनबोट लिफ्ट खानेपानी ५० लाख, प्रदेश सरकार ।
२) छाप, खर्सु, पोखरी डाँडा, कुयपानी लिफ्ट खानेपानी ३३ लाख ५० हजार । (कार्यान्वयनको क्रममा रहेको) ।
३) छरछरे, लिउरेबारी खानेपानीको योजना १० लाख, स्थानीय सरकार ।
४) कोलगारे, हरिपुर खानेपानी योजना ६ लाख, स्थानीय सरकार ।
५) साउनेपानी, जुगेखोली खानेपानी मर्मत १ लाख ५० हजार ।
६) हासिकाटे, जलेखर्क खानेपानी मर्मत (क्रमागत) ४ लाख ५० हजार ।
७) मुलखोला खानेपानी मर्मत ७५ हजार ।
८) घारने मुल गोठाघर खानेपानी ट्यांकी निर्माण १ लाख ५० हजार ।
९) खोलातरा, किमुचौर खानेपानी मर्मत १ लाख २५ हजार ।
१०) चारा खोला डिम्मुरचौर खानेपानी मर्मत ७५ हजार ।
११) खाली खोला जिउला खानेपानी मर्मत १ लाख ।
१२) ल्वाङ्गे रुख, जिउला टोल खानेपानी मर्मत ७५ हजार ।
१३) गोठाघर घारने मुल खानेपानी योजना २ लाख ।
१४) मस्टोहाने सिम, मौरीघारे, परिलेख खानेपानी मर्मत ३ लाख ५० हजार ।
१५) नगारेखोला मेलपोखरी खानेपानी ट्यांकी निर्माण २ लाख ।
१६) घर्सना चार खानेपानी निर्माण तथा मर्मत १ लाख ५० हजार ।
१७) पनेरीखोला खानेपानी मर्मत १ लाख ५० हजार ।
१८) डुम्लेसिम, बस्नेउटा खानेपानी मर्मत १ लाख ५० हजार ।
१९) खालीखोला जिउला खानेपानी मर्मत १ लाख ।
२०) बथान खानेपानी निर्माण तथा मर्मत २ लाख ५० हजार ।
२१) बथाने खोला, माथिल्लो बथान, सिरुचौर खानेपानी मर्मत १ लाख ।
२२) पनेरी खोला खानेपानी मर्मत १ लाख ५० हजार ।
२३) बथानखोला, कुयपानी, सिरुचौर खानेपानी मर्मत २ लाख ।
२४) कोलगारे जुगेखोली खानेपानी निर्माण २ लाख ।
२५) ठुलो पाँगर नयाँ बस्ती खानेपानी मर्मत २ लाख ५० हजार ।
२६) गोलखारा जाँगेतिम्ला खानेपानी मर्मत २ लाख ५० हजार ।
२७) पातीहाल्न खानेपानी मुहान संरक्षण २ लाख ३० हजार, ASHA परियोजना ।
२८) बथान खानेपानी मुहान संरक्षण २ लाख ४१ हजार, ASHA परियोजना ।
२९) खोलातरा खानेपानी मुहान संरक्षण २ लाख १४ हजार, ASHA परियोजना ।
३०) कमलपोखरी खानेपानी मुहान संरक्षण ४ लाख ६९ हजार । ASHA परियोजना ।
३१) आलाखोला खानेपानी मुहान संरक्षण ३ लाख ९२ हजार । ASHA परियोजना ।
३२) सिरुचौर खानेपानी मुहान संरक्षण १ लाख ७३ हजार, ASHA परियोजना ।
३३) पुवाखोली खानेपानी मुहान संरक्षण ५ लाख, ASHA परियोजना ।
३४) डुब्नेसिम खानेपानी मुहान संरक्षण २ लाख २ हजार, ASHA परियोजना ।
३५) अङ्गेरारुख खानेपानी मुहान संरक्षण १ लाख ९९ हजार, ASHA परियोजना ।
३६) राउटेखा, तल्लो पातिहाल्न खानेपानी मुहान संरक्षण ३ लाख ४८ हजार, ASHA परियोजना ।
३७) ओराल जाम्नाबोट खानेपानी मुहान संरक्षण ४ लाख १२ हजार, ASHA परियोजना ।
३८) नराछरा खानेपानी मुहान संरक्षण ४ लाख, ASHA परियोजना ।
खानेपानी तर्फ जम्मा रु.१ करोड ७४ लाख ३० हजार ।
सिँचाइ तर्फ :-
१) काउलाबोट सिँचाइ योजना निर्माण १७ लाख ३२ हजार, मुख्यमन्त्री रोजगार कार्यक्रम ।
२) ठाँटी, हरिपुर लिफ्ट सिँचाइ योजना १२ लाख, प्रदेश सरकार । (कार्यान्वयनको क्रममा रहेको) ।
३) सिँचाइ पोखरी निर्माण (५ वटा) ५ लाख, स्थानीय सरकार ।
४) बागखोर सिँचाइ पोखरी निर्माण ५ लाख, प्रदेश सरकार कृषि विकास कार्यालय सल्यान ।
५) खर्सु सिँचाइ ट्यांकी निर्माण १ लाख ५० हजार, स्थानीय सरकार ।
६) बथान किबि पकेट क्षेत्र सिँचाइ पोखरी निर्माण ४ लाख, प्रदेश सरकार कृषि विकास कार्यालय सल्यान ।
७) लक्ष्मी कृषि तथा नर्सरी फर्म पक्की सिँचाइ पोखरी १ लाख, स्थानीय सरकार ।
८) रोटिखोला, मोख्याघर सिँचाइ पोखरी निर्माण ५ लाख ४१ हजार, ASHA परियोजना ।
सिँचाइ तर्फ जम्मा रु.५० लाख ८२ हजार ।
विद्युत लाइन विस्तार तर्फ :-
१) कोटमौला, कमलपोखरी, खोरबारे, धामीढुङ्गा, कुयपानी, परेलेख विद्युत मेन लाइन विस्तार (४ वटा ट्रान्सर्फमर सहित) १ करोड, संघीय सरकार, उर्जा मन्त्रालय ।
२) साविक ६ नं. वडा डाँगीगाउँ विद्युत लाइन विस्तार २५ लाख, स्थानीय सरकार । (कार्यान्वयनको क्रममा रहेको)
३) साविक ७ नं. वडा (बुझेरी र तल्लो खोरबारे) विद्युत लाइन विस्तार ८ लाख, स्थानीय सरकार । (कार्यान्वयनको क्रममा रहेको)
४) साविक ९ नं. वडा (परिलेख, मौरीघारे, चार, बस्नेउटा) विद्युत विस्तार २० लाख, स्थानीय सरकार । (कार्यान्वयनको क्रममा रहेको)
५) साविक ६ नं. वडा (चिल्ढाले, लिउरेबारी, रयाजबोट) विद्युत लाइन विस्तार (ट्रान्सर्फमर सहित) २० लाख, स्थानीय सरकार । (कार्यान्वयनको क्रममा रहेको)
६) साविक ७ को बथान र साविक ८ को धामिढुङ्गा विद्युत लाइन विस्तार १२ लाख ५० हजार, स्थानीय सरकार ।
७) धनबोट, हरिपुर, तल्लो धामिढुङ्गा, कुयपानी टोल विद्युत लाइन विस्तार २० लाख, संघीय सरकार ।
८) पातिहाल्न पोखरीडाँडा विद्युत लाइन विस्तार ३ लाख ७५ हजार, स्थानीय सरकार ।
९) साविक ६ नं. वडा कमलपोखरी टोल विद्युत लाइन विस्तार (ट्रान्सर्फमर सहित) ८ लाख, संघीय सरकार ।
विद्युत लाइन विस्तार तर्फ जम्मा रु.२ करोड १७ लाख २५ हजार ।
स्वास्थ्य तर्फ :-
१) आधारभूत स्वास्थ्य सेवा केन्द्र खोरबारे भवन, शौचालय, खानेपानी, विद्युत वाइरिङ तथा कार्यालय व्यवस्थापन (क्रमागत) ६ लाख ५० हजार ।
२) साविक ६ नं. वडा गाउँघर क्लिनिक भवन निर्माण २ लाख ।
स्वास्थ्य तर्फ जम्मा रु.८ लाख ५० हजार ।
कृषि तथा पशुपालन तर्फ :-
१) नमुना बग्गेश्वरी भैंसीपालन कृषक समुह बानपा ९
i) भैंसी पकेट क्षेत्र प्रवर्द्धन कार्यक्रम अनुदान ४५ लाख, स्थानीय सरकार र प्रदेश सरकार साझेदारी ।
ii) दुध संकलन केन्द्र स्थापना अनुदान धामिढुङ्गा ५ लाख, स्थानीय सरकार ।
iii) दूध संकलन केन्द्र स्थापना हरिपुर ५ लाख, प्रदेश सरकार ।
२) स्वाभिमान कृषि सहकारी संस्था लिमिटेड बानपा ९
i) किबि चक्लाबन्दी अनुदान २९ लाख (क्रमागत), प्रदेश सरकार कृषि विकास कार्यालय सल्यान ।
ii) अदुवा चक्लाबन्दी अनुदान ८ लाख, प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम ।
३) ढकाल बहुउद्देश्यीय कृषि तथा पशुपालन फर्म बानपा ९ बथान
i) नर्सरी प्रवर्द्धन कार्यक्रम ६ लाख, प्रदेश सरकार कृषि विकास कार्यालय सल्यान ।
ii) स्रोत केन्द्रहरुको गुणस्तर व्यवस्थापन तथा स्रोत बीउ बिरुवा सहयोग कार्यक्रम अनुदान २ लाख, प्रदेश सरकार कृषि विकास कार्यालय सल्यान ।
४) संजय एण्ड सिर्जना बहुउद्देश्यीय कृषि फर्म बानपा ९ बथान ।
i) कृषि औजार खरिद तथा सिँचाइ पोखरी निर्माण २ लाख, प्रदेश सरकार कृषि विकास कार्यालय सल्यान ।
ii) ग्रान्डिङ मेसिन खरिद अनुदान १ लाख ४० हजार, प्रदेश सरकार कृषि विकास कार्यालय सल्यान ।
iii) नर्सरी व्यवस्थापन अनुदान ३० हजार, स्थानीय सरकार ।
५) ढकाल हर्बल उद्योग बानपा ९, बथान
i) जडिबुटी भण्डारण तथा प्रसोधन केन्द्र भवन निर्माण तथा ग्रेडिङ मेसिन खरिद अनुदान १३ लाख ५० हजार, प्रदेश सरकार, बन डिभिजन कार्यालय सल्यान ।
६) कृषि तथा पशु संकलन केन्द्र पातिहाल्न घेराबार तथा कार्यालय व्यवस्थापन ३ लाख, स्थानीय सरकार ।
७) बाख्राको खोर सुधार (धनबोट) ३ लाख ६४ हजार, ASHA परियोजना ।
८) धामिढुङ्गा तरकारी खेती कार्यक्रम ७ लाख ९८ हजार, ASHA परियोजना ।
९) प्रवेश एण्ड समिक्षा नर्सरी फर्म बथान नर्सरी स्थापना ५ लाख ९४ हजार, ASHA परियोजना ।
१०) बागखोर नर्सरी स्थापना ४ लाख १२ हजार, ASHA परियोजना ।
११) निर्जला फलफूल तथा नर्सरी फर्म बानपा ९
i) अदुवा बेसार क्षेत्र विस्तार कार्यक्रम बानपा ९, अनुदान ७ लाख, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ।
ii) जडिबुटी क्षेत्र विस्तार कार्यक्रम अनुदान १ लाख ३० हजार, प्रदेश सरकार डिभिजन बन कार्यालय सल्यान ।
१२) जे.के. फलफूल तथा नर्सरी फर्म पक्की पोखरी सिँचाइ निर्माण १ लाख ५० हजार, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ।
१३) नमुना कृषि तथा पशुपंक्षी फर्म सिँचाइ पाइप खरिद अनुदान १ लाख ५० हजार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ।
१४) विवेकशील कृषि फर्म सिँचाइ पाइप खरिद अनुदान १ लाख ५० हजार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ।
१५) नमुना कृषि तथा पशुपंक्षी फर्म सिँचाइ पाइप खरिद अनुदान १ लाख ५० हजार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ।
१६) सेलर स्टोर निर्माण (३ वटा) २१ लाख, प्रदेश सरकार ।
१७) कमलपोखरी अर्गानिक फलफुल तथा नर्सरी फर्म, स्रोत केन्द्रहरुको गुणस्तर व्यवस्थापन तथा स्रोत बीउ बिरुवा सहयोग कार्यक्रम अनुदान २ लाख, प्रदेश सरकार, कृषि विकास कार्यालय सल्यान ।
१८) वैदेशिक रोजगारी बाट फर्किएका कृषि प्राविधिक सीप प्राप्त युवाहरुको लागि लक्षित कार्यक्रम अनुदान १ लाख २५ हजार, प्रदेश सरकार, कृषि विकास कार्यालय सल्यान ।
१९) प्रतिक कृषि फर्म फलफूल बगैंचा क्षेत्र विस्तार कार्यक्रम अनुदान १ लाख, प्रदेश सरकार, कृषि विकास कार्यालय सल्यान ।
२०) विवेकशील फलफूल तथा कृषि फर्म १ लाख २० हजार, प्रदेश सरकार, कृषि विकास कार्यालय ।
२१) भरत अर्गानिक कृषि फर्म फलफूल बगैंचा क्षेत्र विस्तार कार्यक्रम अनुदान १ लाख २४ हजार, प्रदेश सरकार, कृषि विकास कार्यालय सल्यान ।
२२) खोरबारे बिरुवा नर्सरी उत्पादन कार्यक्रम ४ लाख ८४ हजार, ASHA परियोजना ।
२३) ओली नर्सरी तथा कृषि फर्म
i) सिँचाइ ट्यांकी निर्माण ३ लाख, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ।
ii) फलफूल बगैंचा क्षेत्र विस्तार कार्यक्रम अनुदान २ लाख, प्रदेश सरकार, कृषि विकास कार्यालय सल्यान ।
२४) खोरबारे सुन्तला बजार प्रवर्द्धन कार्यक्रम ५ लाख ७४ हजार, ASHA परियोजना ।
२५) सुन्तला ब्लक कार्यक्रम (पहिलो) बानपा ८ र ९ (१८ लाख ६७ हजार) ९ लाख ६७ हजार, प्रदेश सरकार, कृषि ज्ञान केन्द्र रुकुम पश्चिम ।
२६) सुन्तला ब्लक कार्यक्रम (दोस्रो) बानपा ८ र ९, २३ लाख १२ लाख प्रदेश सरकार, कृषि ज्ञान केन्द्र रुकुम पश्चिम ।
२७) डाँगीबन्धु व्यावसायिक बाख्रापालन फर्म, खोर सुधार तथा उन्नत जातको बोका वितरण अनुदान ६५ हजार, स्थानीय सरकार ।
२८) बग्गेश्वरी बहुउद्देश्यीय कृषि तथा पशु विकास फर्म
i) सुन्तला जात फलफूल तथा नर्सरी श्रोत केन्द्र स्थापना कार्यक्रम ४ लाख, प्रदेश सरकार, कृषि विकास कार्यालय सल्यान ।
ii) सुन्तला जात फलफूल बगैंचा व्यवस्थापन कार्यक्रम ४ लाख, प्रदेश सरकार, कृषि विकास कार्यालय सल्यान ।
२९) ओलि नर्सरी फर्म, नर्सरी प्रवर्द्धन कार्यक्रम अनुदान ४ लाख २९ हजार, प्रदेश सरकार, कृषि विकास कार्यालय सल्यान ।
३०) अदुवा बेसार पकेट संचालन कार्यक्रम १० लाख, प्रदेश सरकार, कृषि विकास कार्यालय सल्यान ।
३१) यमुना नर्सरी फर्म, सिँचाइ पोखरी निर्माण अनुदान १ लाख ७५ हजार, प्रदेश सरकार, कृषि विकास कार्यालय सल्यान ।
३२) एक निर्वाचन एक पकेट कार्यक्रम २३ लाख, प्रदेश सरकार, कृषि ज्ञान केन्द्र रुकुम पश्चिम ।
३३) गीता बहुउद्देश्यीय कृषि तथा पशु विकास फर्म, नर्सरी प्रवर्द्धन कार्यक्रम (क्रमागत) ६ लाख ६५ हजार ।
कृषि तथा पशुपालन तर्फ जम्मा रु.२ करोड ६९ लाख ८२ हजार ।
शिक्षा पुर्वाधार विकास तर्फ :-
१) श्री शिशु जागरण माध्यमिक विद्यालय बानपा ९ खोरबारे
i) चार कोठे पक्की भवन ३६ लाख, स्थानीय सरकार (संघीय सशर्त अनुदान) ।
ii) दुई कोठे पक्की भवन, २० लाख, प्रदेश सरकार ।
iii) खेलमैदान तथा प्रवेश द्वार निर्माण २० लाख, प्रदेश संसद विकास कोष ।
iv) हाता घेराबार १० लाख, स्थानीय सरकार ।
v) ICT ल्याब स्थापना ६ लाख ५० हजार, स्थानीय सरकार (संघीय सशर्त अनुदान) ।
vi) ग्याबिङ वाल निर्माण १५ लाख, प्रदेश सरकार ।
vii) खानेपानी ट्यांकी, फर्निचर खरिद तथा सोलार पावर व्यवस्थापन २ लाख ५० हजार ।
viii) बालविकास कक्षा कोठा व्यवस्थापन १ लाख ।
ix) शिक्षण सहयोग अनुदान ६ लाख २४ हजार ।
२) श्री सुर्य प्रकाश आधारभूत विद्यालय बानपा ९ कुयपानी
i) दुई कोठे पक्की भवन निर्माण २० लाख, प्रदेश सरकार ।
ii) हाता घेराबार २ लाख ५० हजार ।
iii) सोलार खरिद तथा कार्यालय व्यवस्थापन २ लाख ।
iv) शिक्षण सहयोग अनुदान (क्रमागत) ५ लाख ७ हजार ।
v) भौतिक संरचना निर्माण तथा घेराबार समेत ११ लाख ११ हजार, मुख्यमन्त्री रोजगार कार्यक्रम । (कार्यान्वयन हुन बाँकी)
३) श्री बीरेन्द्र आधारभूत विद्यालय बानपा ९ डाँगीगाउँ
i) चार कोठे पक्की भवन निर्माण ४० लाख, प्रदेश सरकार ।
ii) Wash शौचालय निर्माण ५ लाख, स्थानीय सरकार ।
iii) पर्खाल निर्माण तथा कार्यालय व्यवस्थापन २ लाख ५० हजार ।
iv) खानेपानी मर्मत २ लाख ।
४) श्री बाल सन्देश आवि बथान
i) विद्यालय भवन मर्मत १ लाख २० हजार ।
ii) फर्निचर निर्माण तथा खेल सामाग्री खरिद ६० हजार ।
iii) कार्यालय व्यवस्थापन १ लाख ।
iv) ट्यांकी निर्माण, खानेपानी मर्मत तथा कक्षाकोठा व्यवस्थापन १ लाख ५० हजार ।
v) शिक्षण सहयोग अनुदान ८ लाख ४१ हजार ।
vi) १ वटा प्रावि तहको शिक्षक दरबन्दी आन्तरिक दरबन्दी मिलानबाट थप गरिएको ।
५) श्री लोकतान्त्रिक आधारभूत विद्यालय बानपा ९ लिउरेबारी
i) फिल्ड निर्माण ५० हजार ।
ii) भवन निर्माण २ लाख ५० हजार ।
iii) शिक्षण सहयोग अनुदान (क्रमागत) ३ लाख ९० हजार ।
६) श्री बाल किरण आधारभूत विद्यालय बानपा ९ धामिढुङ्गा
i) हाता घेराबार १ लाख ५० हजार ।
ii) कार्यालय व्यवस्थापन १ लाख ।
iii) फिल्ड निर्माण तथा फर्निचर खरिद (क्रमागत) ४ लाख ५० हजार ।
iv) शिक्षण सहयोग अनुदान ३ लाख ९० हजार ।
७) श्री बाल उपकार आधारभूत विद्यालय बानपा ९ परिलेख
i) भवन मर्मत तथा कार्यालय व्यवस्थापन २ लाख ।
ii) भवन मर्मत तथा फर्निचर खरिद १ लाख ५० हजार ।
८) श्री सुर्योदय आधारभूत विद्यालय बानपा ९ खर्सु
i) भवन निर्माण ११ लाख ५० हजार, मुख्यमन्त्री रोजगार कार्यक्रम । (कार्यान्वयन हुन बाँकी)
ii) फर्निचर खरिद ५० हजार ।
९) श्री बाल जागरण आधारभूत विद्यालय बानपा ९ कमलपोखरी
i) फर्निचर खरिद ५० हजार ।
शिक्षा पुर्वाधार विकास तर्फ जम्मा रु.२ करोड ५१ लाख ३ हजार ।
सल्याब पुल तथा गोरेटो बाटो निर्माण तर्फ :-
१) घट्टेखोला सल्याब पुल निर्माण ४ लाख ।
२) धामिढुङ्गा जुगारे खोला सल्याब पुल ४ लाख ।
३) खड्को (भैंस्यामेला) बगेखोला सल्याब पुल १ लाख ५० हजार ।
४) टापु धोरेन सल्याब पुल निर्माण २ लाख ।
५) कुयपानी खोला सल्याब पुल निर्माण १ लाख ५० हजार । (निर्माण हुन बाँकी)
६) परिलेख मख्लाम धुरी पदमार्ग निर्माण ७ लाख ७७ हजार, स्थानीय सरकार र प्रधानमन्त्री रोजगार कार्यक्रम साझेदारी ।
७) रानीपोखरी, तिनपाने, बागखोर धुरी पदमार्ग तथा प्रतिक्षालय निर्माण ७ लाख ७७ हजार, स्थानीय सरकार र प्रधानमन्त्री रोजगार कार्यक्रम साझेदारी ।
सल्याब पुल तथा गोरेटो बाटो निर्माण तर्फ जम्मा रु.२८ लाख ५४ हजार ।
अन्य विविध तर्फ :-
१) पातिहाल्न अस्थायी प्रहरी चौकी भवन, शौचालय, निर्माण तथा खानेपानी व्यवस्थापन ९ लाख, स्थानीय सरकार ।
२) धनबोट, मयानी खोला मसानघाटसम्म गोरेटो बाटो तथा प्रतिक्षालय निर्माण ७ लाख ७७ हजार, स्थानीय सरकार र प्रधानमन्त्री रोजगार कार्यक्रम साझेदारी ।
३) धामिढुङ्गा काउलाबोट मसानघाट प्रतिक्षालय निर्माण २ लाख ।
४) फारुला मरलेखोली मसानघाट प्रतिक्षालय तथा गोरेटो बाटो निर्माण ५ लाख ७७ हजार, स्थानीय सरकार र प्रधानमन्त्री रोजगार कार्यक्रम साझेदारी ।
५) बथान सामुदायिक भवन परिसर घेराबार २ लाख २५ हजार ।
६) वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता संचालन ५ लाख ७५ हजार (क्रमागत) ।
७) तिनपाने पर्यटन तथा पिकनिक स्थल निर्माण ५ लाख, स्थानीय सरकार ।
८) प्लाटुन चौर सहिद स्मारक निर्माण ६ लाख ५० हजार, स्थानीय सरकार ।
९) रिचार्ज पोखरी निर्माण (७५ वटा) १० लाख ७७ हजार, प्रधानमन्त्री रोजगार कार्यक्रम ।
१०) खरको छानो विस्थापन (४ वटा) २ लाख, प्रदेश सरकार ।
११) तिल्चा खोला तटबन्ध कार्यक्रम, ७ लाख प्रदेश सरकार ।
अन्य विविध तर्फ जम्मा रु.६३ लाख ८१ हजार ।
बागचौर नगरपालिकाले १२ वटै वडाका ५ वर्षिय प्रारम्भिक विकास योजनाहरु क्रमागत रुपमा सार्वजनिक गरिरहेको र अब वडा नं. २ र ८ को मात्रै बाँकी रहेको सुचना अधिकारी तिर्थराज डाँगीले जानकारी दिएका छन ।
यश अघि नगरपालिकाले वडा नं.१, ३, ४, ५, ६, ७, ९, १०, ११ र १२ को ५ वर्षिय प्रारम्भिक विकास योजनाहरु सार्वजनिक गरिसकेको छ । जसलाई तपाईहरुले बागचौर नगरपालिकाको फेसबुक पेज र यहि जनसहारा अनलाइनमा पढ्न सक्नुहुनेछ ।