चैत ४, सल्यान – बागचौर नगरपालिकाको खरिबोट देखि लस्तमको पिपलबोट, बाँझबोट हुँदै लाटागार पिपलबोट भएर नगरको पर्यटकियस्थल भ्यु टावर जोड्ने मोटर बाटोको नगर प्रमुख लोकमान बुढाथोकीद्वारा उद्घाटन सम्पन्न भएको छ ।
नगर प्रमुख बुढाथोकीले आ.व.२०७७/०७८ को नगरपालिकाबाट विनियोजित १५ लाख बजेटमा उक्त बाटोको ट्रयाक ओपन भएको ठाउँसम्म स्तरउन्नती र बाँकी ठाउँमा ट्रयाक ओपन गरिन लागेको बताएका छन ।
उनले बागचौर नगरपालिकाको अग्लाटाकुरामा अवस्थित भ्यु टावरलाई पर्यटकीय स्थलको रुपमा स्थापित गर्न आझै त्यहाँ करिब ४ करोड बराबरको काम गर्न बाँकी रहेको र निर्माण कार्य हुदै गरेको बताउँदै उक्त क्षेत्रमा जान सहजताका लागि यश ठाउँबाट नि बाटो जोड्न लागेको बताएका ।
मोटरबाटो उद्घाटन गरेकोमा स्थानीय बासीहरुले खुसीयाली मनाउँदै नगर सरकालाई धन्यवाद व्यक्त समेत गरेका छन ।

प्रकाशित मिति : २०७८ चैत्र ४ गते शुक्रवार