चैत ३ बाँके – बलात्कार आरोप लागेका नेकपा एमाले मुगुबाट निर्वाचित पुर्व संघीय सांसद मोहन बानियाँ बिहिबार धरौटीमा छुटेका छन् ।
जिल्ला अदालत बाँकेका न्यायाधीश ईश्वरीप्रसाद भण्डारीकाे एकल इजलासले ५ लाख धरौटीमा छोड्ने आदेश दिएपछि प्रहरी हिरासतमा रहेका बानियाँ छुटेका हुन। गत फागुन १६ गते प्रहरीले उनलाई नेपालन्ज विमानस्थलबाट नियन्त्रणमा लिएर अदालतबाट म्याद थपगरि हिरासतमा राखेर अनुसन्धान गरिरहेकाे थियाे।
सांसद बानियाँलाई जुम्लाकि एक ४० वर्षिय शिक्षिकाले माघ १९ गते राति नेपालगन्जको अप्सरा होटलमा आर्थिक लेनदेनकाे हिसाब गर्न बाेलाई दुई पटक बलात्कार गरेकाे भन्दै माघ २४ मा जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकनेमा प्रहरीले अनुसन्धान पछि दर्ता गर्ने भन्दै माघ २७ मा दर्ता गरेकाे थियाे।
सांसद बानियाँ गत फागुन २२ गते आइतबार बसेको प्रतिनिधि सभा बैठकबाट सांसद पदबाट निलम्बित भइसकेका छन।
उजुरी परेकै दिन बानियाँ सांसद बैठकमा उपस्थित जनाउन भन्दै काठमाडौ प्रस्थान गरेका थिए। प्रहरीकाे सम्पर्कमै रहेका बानियाँ विभिन्न सार्वजनिक कार्यक्रममा सहभागी हुँदै आएका थिए तर प्रहरीले पक्राउ गरेकाे थिएन। उनले आफै जिल्ला प्रहरी कार्यालय बाँकेमा उपस्थिति हुने बताउदै आएका थिए। गत फागुन १६ गते बानियाँले नेपालगन्ज आउन लागेकाे खबर पनि बाँके प्रहरीलाई गरेका थिए साेहि अनुसार विमानस्थलबाट बानियाँलाई प्रहरीले नियन्त्रणमा लिएको थियाे।
उनिहरु बिचमा २५ लाखकाे लेनदेन रहेकाे बुझिएको छ। उनिहरु बिच विगत देखि नै सम्बन्ध रहे पनि केही आर्थिक लेनदेनकाे विषयमा कुरा नमिले पछि घटनाले यस्तो रुप लिएकाे उनिहरु निकटकाहरु बताउँछन्।
के भन्छन बानियाँ ?
उनले आर्थिक लेनदेनमा विवाद भएकाे स्पष्ट पार्दै आफुलाई फसाउन नियाेजित रुपमा त्यहि विवादकाे अवसर पारेर षड्यन्त्र गरेकाे दावी गर्दै आएका छन। लेनदेनका क्रममा विवाद भएको समेत बानियाँले स्विकार गरेका छन।
उनी भन्छन;”सत्यतथ्य नबुझी एउटा शिक्षिका सङ नाम जोडेर मेरो मान मर्दन माथी गम्भीर चोट पुगेको छ म सङ जोडियको शिक्षिका सङ चेक बाउन्स सम्बन्धी झगडा चलेकै बेला यस्तो कथित काम नि हुन सक्छ कि सक्दैन त्यो जो कोहीले नि अनुमान लगाउन सक्ने कुरा हो आबश्यक पर्दा धेरै प्रमाण हरु हामी सङ सुरक्षित छन यो बेज्यतिको ढोका नखोलौ भनेर चुप बसेको हो यो त घोका र बैमानी को ठुलो प्राकाष्ठा हो,कति मान्छे कसरी भिक्टिम भएका हुन्छन भन्ने नि बुझ्न जरुरी छ ।”