चैत २ सल्यान – नेकपा माओवादी केन्द्र सल्यानको इन्चार्जमा उमाकान्त शर्मा चयन भएका छन। शर्माले तत्कालीन नेकपा(मशाल) सल्यानका संस्थापक, संयुक्त जनमोर्चा नेपाल सल्यानका संस्थापक अध्यक्ष, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सल्लाहकार सदस्य समेत हुन। यसैबिच माओवादी केन्द्र सल्यानकाे जिल्ला स्तरीय  प्रथम बैठक बुधबार सदरमुकाम खलंगामा सम्पन्न भएको छ।

स्थानीय तह निर्वाचनकाे पुर्व तयारी गर्ने उदेश्यले जिम्मेवारी बाडफाड गरि पालिका केन्द्रित हुनेगरि
उक्त बैठकले जिल्ला र पालिकामा विभिन्न जिम्मेवारी दिएकाे छ।

बुधबारकाे उक्त बैठकबाट सचीवमा निम बहादुर केसीलाई जिम्मेवारी दिएकाे छ। पालिका तर्फ इन्चार्जको रुपमा शारदा नगरपालिकामा प्रमोद श्रेष्ठ, बागचौर नगरपालिकामा टिकाराम वली, बनगाड कुपिण्डे नगरपालिकामा धन बहादुर पुन, कुमाख गाउँपालिकामा दिलमाया बुढा, दार्मा गाउँपालिकामा अनन्त शर्मा, त्रिवेणी गाउपालिकामा अजय रोका, कपुरकोट गाउँपालिकामा तिर्थ राज बस्नेत, छत्रेश्वरी गाउँपालिकामा राधा कुमारी शर्मा र कालिमाटी गाउपालिकामा वीर बहादुर बिसीलाई जिम्मेवारी दिएकाे नेकपा माओवादी केन्द्र सल्यानले जनाएको छ।

जिल्ला संयोजक कृति बहादुर पुनको अध्यक्षतामा भएको बैठकमा केन्द्रिय सदस्य टेक बहादुर बस्नेतको प्रमुख आतिथ्यमा रहेकाे थियाे। बैठकमा केन्द्रिय सदस्य टीका बुढाथोकी, प्रदेश अध्यक्ष बिमला केसी र उपाध्यक्ष कर्ण बहादुर बुढाथोकी लगाएतले प्रशिक्षण समेत दिएका थिए।

प्रकाशित मिति : २०७८ चैत्र २ गते बुधवार