फागुन ३० काठमाडौ – सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन बन्द हुने भएको छ।

साेमबार यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै चैत १ बाट बन्द हुने बताएको छ।
हालसम्म परेका अनलाइन आवेदनलाई कारबाही यथाशक्य चाँडो टुंग्याउनुपर्ने भएकाले उक्त काम नसकिए सम्म नयाँ आवेदन तत्कालका लागि बन्द गरेको र अर्काे सुचना प्रकाशित नभए सम्मका लागि बन्द गरिएको विभागका प्रवक्ता डा.लोकनाथ भुसालले बताए।

प्रकाशित मिति : २०७८ फाल्गुन ३० गते सोमवार