म त मजदुरको छोरा ,
हो म ,त मजदुरको छोरा ,मेरो बुवाले पनि मजदुरी गर्नुहुन्थ्यो । मजदुरी गरेरै हुर्काउनु ,बढाउनु र पढाउनु भएको छ । बुवा भन्नुहुन्छ म १३ बर्षको उमेर बाट ज्याला ,मजदुरी गर्न थालेको हु। मैले मेरो बुवा ,आमा कस्तो हुन्नथ्यो देख्न त पाएन ,आमा बुवाको माया ममता दया र स्नेह कस्तो हुन्थ्यो, त्यो पनि थाहा छैन ।

अहिले त उमेरले पनि ५८ पुगिसके, मेरो शारीरिक अवस्था पनि यस्तो छ। बिहे पनि ढिला गरे ,छोराछोरी अझै सम्म पनि कमाउन सक्ने भएनन् । अब म संग ज्याला ,मजजुरी गर्न सक्ने क्षमता पनि छैन, छोराछोरी धेरै छ्न ,पढाउन लेखाउन चुनौती छ । पहाडको ठाउँ उत्पादन धेरै हुदैन ,घरमा अन्य कुनै आम्दानीका स्रोतहरु छैनन् । बारीमा लगाएको खेतीपातिले बर्षभरी खाना पुग्दैन। कुनै बर्ष प्राकृति प्रकोपले मार्छ भने कहिले बारी वरिपरि जंगल भएको हुँदा जंगली जनावर आएर सखाप पार्छ ।

आमा भन्नुहुन्छ जन्मेदेखी घाँस दाउरा गर्ने थालेकि हु। मलाई पढाईलेखाईको ‘क’ समेत पनि थाहा छैन घाँस दाउरा गर्दा गर्दा जीवन आधी भैइ सक्यो घाँस दाउरा मेरो एउटा आँखा समेत गुमाए । छोरा अब एउटा आँखा ले गाउँघरमा खेतीपाती गर्न ,भैसी गाई बस्तु पाल्न र घाँस दाउरा गर्ने निकै गाह्रो भएको छ । छोरा तैले अब केहि गर्नु पर्छ, पढेर मात्रै भएन पढाई संगै कतै काम खोजेर गर्नुपर्छ । अब घरधन्दा चलाउन निकै गाह्रो छ ।

बुवा आमाको यो कुरा सुनेपछि मेरो मनमा दया जागेर आउँछ । अनि मैले सोच्छु र भन्छु ,अब मैले केहि गर्नुपर्छ । गाउँघरको हेला, साथीभाई आफन्तहरुको कुरा सुन्दा दिक्क लाग्छ र सोच्छु अब बिदेश गएर पैसा कमाउछु, फेरि बिदेशिनु भएका दाईभाई दिदीबहिनीहरु लाई सम्झन्छु । उनिहरुको घरपरिवार लथालिङ्ग भएको देख्छु, अनी उनिहरुले बिदेशमा भोगेका दुखका कुरा सुन्छु र सोच्छु बिदेशमा गएर काम छैन । बरु म यतै केहि गर्छु । फेरि सोचेको जस्तो कहाँ सजिलो छ यतै केहि गर्नेलाई पनि गाउँमा पस्यो बुवा ,आमा भाई ,बहिनी ,आफन्तको गुनासो सुन्नुपर्छ । शहर पस्यो अभाबै अभाबको जिन्दगी छ । शहर पसेको पनि अब करिब करिब ५/६ बर्ष भएछ । अहिले सम्म न त पढाई सकिएको छ, न त जागिरको टुंगो लागेको छ । खाली शहरमा खान र बस्नको लागि मात्रै गएको हो कि भन्ने जस्तो भएको छ ।

उमेर बढेको छ जिम्मेवारी थपिएको छ । कक्षा ११ पढ्नको लागि घरबाट शहर निस्केको म हाल अध्ययनको लेभल ब्याचलर अर्थात बि.बि.एस तेस्रो वर्ष सम्म पुगेको छ। अध्ययनलाई निरंतरता दिनको लागि निकै चुनौती खेप्नुपरेको छ। यो बर्ष झन कोरोना महामारीले गर्दा निकै अप्ठ्यारो पारेको छ । न पढाई लेखाइ भएको छ ,न त परिक्षाको टुंगो नै लागेको छ । अध्ययन ठप्प भएको छ । मलाई भने ब्याचलर सकिएको भए केही मेशो आउथ्यो कि जस्तो लागेको छ। शहरमा कोठा भाडा तिर्नुपरेको छ ,घरगाउँमा आएर बस्नुपरेको छ । संगै एसएलसी पास गरेका प्राबिधिक क्षेत्र तिर अध्ययन गरेका कतिपय साथीहरुको जागिरको टुंगो भएको छ । त्यसैले झन मलाई चुनौती थपिएको छ ।

पहाडको ठाउँ पढेलेखेकाहरुको संख्या अत्यन्तै कम अनि कुन विषय कस्ताे हुन्छ ? कुन विषयमा पढदा के हुन्छ ? विषय पढ्नु पर्न अबधि कति ? पढिसकेपछी कस्तो काम ? कुन क्षेत्रमा? यी कुनै कुराहरू नबुझी आफन्त बोलेको देखेर वाक्क लाग्छ । त्यही माथि झन सकेन गर्न फल्नाले, सकेन गर्न फल्नाका छोराले भनेर कुरा समाजमा काटेको देख्दा मन आत्तिएर आउछ । शहर पस्यो काम खोज्दा खोज्दा, चिनेजानेका हरुलाई भन्दा भन्दा वाकदिक्क, गाउँघर पस्यो आफन्तहरुले गरेको किचकिची सुन्नुपर्छ ।

कहिलेकाही मनमा निराशा छाउछ र बेकार पढिए छ भन्ने सम्म बनाउछ । पढ्न नियमित क्लाश नगएपछि कोर्समा फेल ,लोकसेवा पढौ त अहिले सम्म कुनै मिलेको छैनन् तालमेल न हाम्रा आफन्त ,न चिनेजानेका कोहि,न हाम्रो पावर पहुँच, नपुग्ने क्षमता यसरी नै बिताउदै छु । अहिले सम्मको दिन चर्याहरु त तीन चार वर्ष त टाईम पास गरे मिडियामा गएर न कमाउन सके नाम, न कमाउन सके दाम आजभोलि भएको छ । के गरौं र कता जाम शहरमा पाईदैन भने जस्तो काम, लाज माने प्रबिधिले पनि बनाउदो रहेछ ।

अब सोच्दै छु,बुवा आमा भाई बहिनीलाई के गरेर खुशी बनाम सोचाइ त छ राम्रै मान्छे बन्न पाउ सोचे र मात्रै भएन के गरेर नाम र दाम दुबै कमाउ ,गर्ने त गरेकै जस्तो लाग्छ सानो तिनो प्रयास यतिले पुगेनछ,गन्तव्यमा पुग्ने आधार हिड्ने खुट्टा भने नथाकोश यति छ मेरो आश बाकी कुरा त सबै ठिक हुन्छ गरेपछि आट समाजबाट त सिक्ने हो ज्ञान् समाजले त सिकाको छ ,भोको पेट ,खाली खल्ती र स्वार्थि दुनियाँ कस्तो हुदोरहेछ भनेर बिना पैसा कुनै काम हुदैन, पैसाले सबथोक बिग्रारेको छ । पैसा छ त सबै थोक छ पैसा छैन त केही छैन ।

कोरोना महामारीले ज्याला मजदुरी गरिखाने बर्गलाई निकै अप्ठ्यारो पारेको छ। कतिलाई घर भित्र भोक ले मारेको छ । कतिलाई घर बाहिर रोगले मारेको छ । राजनीतिक दलका जनप्रतिनिधिलाई भने भ्रष्टाचार गर्नमै ठिक्क छ । जनप्रतिनिधिको ध्यान गरिब दुखीका छोराछोरी गाउँघर तिर होइन ऊनीहरुको ध्यान ठुला ठाली हुनेखाने तिर छ ।
हाम्रो नेपालमा पैसा छ भने पसलमा देउता किन्न पाइन्छ ,अदालतमा न्याय किन्न पाईन्छ ,नपढी विद्वान बन्न पाइन्छ ,चुनावमा टिकट किन्न पाइन्छ ,मासु भातमा भोट किन्न पाईन्छ अरु सबै सबै किन्न पाइन्छ । पैसा छैन भने त उहीँ मान्छे चिन्न पाईन्छ । हो म अहिले मान्छे चिन्ने अभियानमा छु, म व्यवहार अध्ययन गर्दैछु । कसले कहाँ कसरी बोलेको छ टुलुटुलु हेरेेर सुनेर बसेको छु । त्यसैले म भन्छु तारिफ गर्नुस् वा नगर्नुस् तर अपमान कसैलाई पनि नगर्नुहोस् !
भविष्य  कसैले देखेको हुदैन ,दिन सबैका आउछन् । सकिन्छ भने सबैलाई सम्मान व्यवहार गरौं अपमान कसैलाई नगरौं । जीवनमा जस्तोसुकै परिस्थिति किन नआओस संघर्स कहिल्यै गर्न नछोडौ ।

पृथ्वीमा ज्ञान् भन्दा शुद्ध चिज अरु केहि छैन आत्म पहिचान नै शिक्षा हो व्यक्तिले गरेको अभ्यास र प्रयत्नबाट आउने विकास नै सिकाई हो यी महत्त्वपूर्ण व्यक्तिहरुका भनाइहरुलाई आत्मसात गरौं । इच्छा हामीमा हुनुपर्छ समाधानको उपाय आफै निस्कन्छ । भन्नेको पछि होइन ,गर्नेको पछि लागौ आफ्नो मेहनत र लगनशीलता बढाउन तिर लागौँ ।

लेखक भुवन के सी गंगादेव गाउपालिका २ राेल्पा निवासी हुन । सामान्य परिवारकाे यथार्थतालाई   शब्दङकन गरेका छन ।

 

प्रकाशित मिति : २०७७ असोज ८ गते बिहिवार