फागुन २८ संखुवासभा – भोटखोला गाउँपालिका–४ का वडाध्यक्ष सहित मालपोत कार्यालयका कर्मचारी र लेखापढी व्यवसायी गरि सात जना पक्राउ परेका छन।

पक्राउ पर्नेमा भोटखोला–४ का वडाध्यक्ष ३५ वर्षिय किङ्साङ भोटे, खादबारी नगरपालिका -१ घर भई मालपोत कार्यालय खादबारीमा कार्यरत नायब सुब्बा ५१ वर्षिय महेन्द्र कुमार पराजुली, लेखापढी व्यवसायी मकालु गाउँपालिका -४ का ३५ वर्षिय अनिस गुरुङ, भोटखोला–४ का ३० वर्षिय सुरेन्द्र तामाङ , साेहि ठाउँकी २१ वर्षिय कल्पना भाेेटे, डिमा लामजुङ भाेटे र चैनपुर नगरपालिकाका ३५ वर्षिय पासाङ शेर्पा रहेकाे जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

उनीहरूले अपर अरुण जलविद्युत् आयोजना स्थलको मुआब्जा क्षेत्रमा पर्ने जग्गा स्थानीय अनपढ, आखा नदेख्ने र कान समेत कमजाेर सुन्ने ७५ वर्षीय वृद्धालाई ललाइफकाइ गरेर रजिस्ट्रेसन पास गरेको खुलेको छ। मुआब्जा भित्र पर्ने २७ रोपनी जग्गा १ लाख दिएर पास गरेको खुलेकाे छ। पक्राउ परेका आरोपीहरू सबैलाई अदालतबाट म्याद थप गरि हिरासतमा राखेर अनुसन्धान गरिरहेकाे जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले बताए।

वृद्धाकाे छाेरी बिममाया तामाङले गत २५ गते जिल्ला प्रशासन कार्यालयमा वडा अध्यक्ष भाेटे सहित पाँच जना विरुद्ध किटानी जाहेरी दिएपछि प्रशासनले प्रहरीलाई अनुसन्धानकाे लागि पत्राचार गरेपछि अनुसन्धान थालिएकोमा पाँचजनाकाे समुहसंग मिलेर मालपोतमा कार्यरत नायब सुब्बा पराजुली र लेखापढी व्यवसायी गुरुङले आर्थिक प्रलोभनमा पनि किर्ते कागजात अनुसार नै काम गरेपछि उनिहरुलाई पनि पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक सुवेदीले बताए।

प्रकाशित मिति : २०७८ फाल्गुन २८ गते शनिवार